काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासकै कडा कदम चाल्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि यसरी खुलेआम कानूनको उलङ्घन गर्न नदिनेगरी राष्ट्रपतिले कदम चाल्न लाग्नुभएको हो । यसले नयाँ मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण नै अन्योलमा परेको छ । यति मात्र हैन अब देउवाको पद नै धरापमा परेको छ । उनलाई नैतिक संकट देखा परेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख आयुक्तपनि नयाँ मन्त्री थप्न दिने पक्ष्ाँमा छैनन् । प्रमुख आयुक्त अयोधीप्रसाद यादव यसबारे छलफल गर्न आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग जाँदैछन् । विहान ११ बजे राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीलाई के गर्ने भन्ने सन्र्दभमा छलफल हुँदैछ ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ कमल थापासहित राप्रपाका ८ जना नेताहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय उपलब्ध गराएको छैन । शनिबार सपथग्रहण गर्ने भनिए पनि यसमा निर्वाचन आयोगले आपत्ति जनाएको छ । संवैधानिक निकायका रुपमा रहेको आयोगले सरकारको कदम आचारसंहिता विपरीत ठहर भएमा यसलाई रोक्न सक्ने अधिकार राख्छ । यसअघि पनि निर्वाचन आयोगले आपत्ति जनाउँदा जनाउँदै प्रधानमन्त्री देउवाले जवरजस्ती सरकार विस्तार गर्दै आउनुभएको छ ।

सम्बन्धित खबरहरु