काठमाडौ । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद आजबाट मृत घोषित हुँदैछ । आजै राति १२ बजेपछि यो संसद संविधानतः विघटन हुँदैछ । त्यसैले आजैको बैठक नै अन्तिम बैठक हो । संसदको अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक खिचाउनु भएको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुनेछ ।

नयाँ संविधानको संक्रमणकालीन व्यबस्था अन्तरत धारा २९६ मा रुपान्तरित संसदको कार्यकालबारे उल्लेख गरिएको छ । सो धाराको उपधारा १ मा संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म किटान गरिएको थियो । सोही धारमा संसदको कार्यकाल पुरा हुनु अगावै संविधान बमोजिम प्रतिनिधि सभाका चुनाव हुने भएमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दाखिला गर्ने अघिल्लो दिनसम्म संसदको म्याद रहने उल्लेख छ । सोही ब्यवस्था अनुसार आजबाट संसदको अवशान हुँदैछ ।

सम्बन्धित खबरहरु