झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अरु जस्तो बारम्बार सत्ता र शक्तिमा पुगेका राजनीतिज्ञ हैनन् । जतिबेला पुगे चमत्कारीक प्रस्तुती देखाएर दुनियाँलाई चकित बनाईदिए । तर नेपालकै अरु पार्टीका नेता कार्यकर्ताहरुले केपी ओलीका भाषण सुन्ने तथा उनलाई नजिकबाट बुझ्ने गरेका थिएनन् । मात्र हावाको भरमा विपक्षीले उढाएका शब्दहरुमात्र मनमा लिएर केपी ओलीलाई उढाइरहेका थिए । तर जब चुनावी गठबन्धनपछि केपी ओलीसँग माओवादी केन्द्र र राप्रपाका नेताहरुको उठबस हुनथाल्यो । कार्यकर्ताहरुले नजिकबाट उनका भाषण सुन्न थाले अनि उनीहरु थकथकी गर्दै ओली प्रति अन्याय गरिरहेको गुनासो गर्न थालेका छन् ।

उनीहरुले केपी ओलीको भिजन र कार्यशैली विश्वकै राजनेता हुने गुण भएको तर स्वयं नेपाली अरु दलका नेता–कार्यकर्ताहरु नबुझेको ठम्याई छ । शनिबार झापामा माओवादी, एमाले र राप्रपाको संयुक्त चुनावी सभामा आएका नेता कार्यकर्ताहरुले जब ओलीलाई नजिकबाट नियाले अनि उनीहरुले ओली माथी अन्याय गरिरहेको महसुस गरे । उनीहरुले जनबोली प्रतिनिधिलाई प्रतिक्रियाँ दिँदै भनेका छन् हामीले ओलीलाईं नजिक बाट नबुझेर उनका विचारलाई ध्यान दिएर नसुनेर ठुलो अन्याय गरेका रहेछौ । जुनै पार्टीको विचार राख्नेभएपनि एकपटक केपी ओलीलाई नजिकबाट बुझ्न उनीहरुले सुझाव दिएका छन् । लेखाई मन परेको खण्डमा पढिसकेपछि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु