काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलमिलाप दिवसको अवसर मा चुनावी परीणामलाई लिएर आफ्नो आलोचना गर्नेहरुलाई आक्रोश देखाएका छन् ।साथै उनले अब अनुशासन उल्लंघन गर्नेलार्इ कडा कारबाही गर्ने चेतावनी दिए ।

मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देवाले भने, हाम्रो पार्टी हारेको छैन ।एक्लाएक्लै पाएको भोट अरु कसैको भन्दा कम छैन् भनेका छन् ।प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ । प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुले त नेतृत्व परिर्वतनको माग गरेका छन् ।

तर, देउवाले उनीहरूको माग ठाडै अस्वीकार गरेका छन् । उनले अघि भने, एमालेले भन्दा कम मत ल्याएको छैन, पार्टीभित्र मेरो विरोध गर्नेहरुले पनि बुझुन् ।कांग्रेस सभापति देउवाले चुनावी हारको दोष आफूलाई नदिन आग्रह गरे । ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने उनले भने, स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगरेको फल अहिले पाएका छौं । त्यसैले अब कडा भन्दा कडा कारबाही गरिन्छ।

उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताए ।

साथै चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलार्इ आग्रह गरे । कांग्रेस हारेको छैन, तपाई युवाहरु किन निराश हुनुभएको उनले भने म बुढो त निराश भएको छैन, तपाईंहरु किन निराश हुने ।

सम्बन्धित खबरहरु