काठमाडौं । यो जाडो याममा तातो मःमको मज्जा कसलाई लिन मन लाग्दैन, त्यसैमा मःमसंग चिसो कोका–कोलाको स्वाद त झन् गज्जब हुन्छ । कोका–कोलाले यो जाडो मौसममा ‘कोका–कोला मोःमोत्सव’ नामक अभियान संचालन गरिरहेको छ । यसको लागि कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँग सहकार्य गरेको छ । यस महोत्सव अन्तर्गत नेपालका लोकप्रिय नायिकाहरु यो अभियानको सहभागी भएर काठमाडौँका विभिन्न आउटलेटहरुको भ्रमण गरिरहेका छन् ।

नेपालकी चर्चित नायिका स्वस्तिमा खड्काले विभिन्न आउटलेटमा भ्रमण गर्दै मःम र कोका–कोलाको स्वाद लिंदै छिन् । स्वस्तिमा एउटा आउटलेटमा पुग्दा शंकरदेव क्यामसका फ्यानबाट घेरिन पुगेकी थिइन् । त्यहाँ उपस्थित फ्यानहरुले उनीसँग सेल्फी तथा फोटो खिचाएका थिए । फ्यानहरुसँग भेट्न पाउँदा उनी निकै खुसी देखिएकी थिइन् ।

उनले भनिन्, ‘मलाई मःम मन पर्छ तर मैले थोरै परिकारका मःम मात्र खाएकी छु, यो अवसरमा सहभागी भएदेखि विभिन्न प्रकारका मःमको स्वाद लिन पाइरहेकी छु । मःमको स्वाद अति मिठो छ १ मलाई यस महोत्सवको हिस्सा बनाएकोमा कोका–कालोलाई धन्यवाद दिन चाहान्छु । मोःमो उत्सवमा सहभागी भएदेखि शहरमा पाक्ने मःमको वास्तविक स्वाद लिन सफल भइरहेकी छु । त्यसमाथि कोकसँग मःम खादाको मज्जा बेग्लै छ । विभिन्न आउटलेटका संचालक, कर्मचारी तथा ग्राहकसँग कुरा गर्न पाउँदा आफूलाई गौरववित र भाग्यमानी महशुस ठानीरहेकी छु । समर्थकहरुलाई उनीहरुकै ठाउँमा गएर भेट्ने अवसर प्राप्त भएको छ । यस प्रकारको भेटघाट एकदमै विरलै मात्रामा हुने गर्छ र विभिन्न पुष्ठ भूमिका मानिससँग महत्वपूर्ण समय विताउन पाउँदा म आफूलाई निकैनै भाग्यमानी ठानी रहेकीे छु ।’

यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि ‘#cokeandmomo2018’ का साथ @CocaColaNepal ट्याग (tag) गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।
यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्नुहोला ।

विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुँदैछ र सरप्राइज प्याकेज के के आउँदै छन् भनि थाहा पाहुनकोलागि कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्नुहोस् । यसका साथ ग्राहकहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।

कोका–कोला नेपालको बारेमा
कोका–कोलाले देशभरिका हजारौं ग्राहकहरुलाई यसका मुख्य उत्पादनहरु कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्लेबाट तजगी प्रदान गर्दै आएको छ र यसले ५००० जना मानिसहरुको जीवनमा सकारात्मक प्रभाव पारेको छ । नेपालमा कोका–कोलालेग्ल् UN HABITAT को सपोर्ट माइ स्कुल अभियान, अन्तर्गत १४ वटा समुदायका स्कुलहरुमा आधारभुत सुविधा प्रदान गर्नका लागि र खाने पानीको पहुँच बढाउनका लागि “सेफ वाटर प्रोजेक्ट” सम्पन्न गरि रहेको छ । २०२० सम्ममा ५० लाख महिलाहरुलाई सशक्तीकरण गराउने कोका–कोला कम्पनीको ग्लोवल STAR अभियान अन्तर्गत नेपालमा कोका–कोलाले क्त्ब्च् रिटेलर टे«निङ्ग प्रोग्राम द्वारा महिला खुद्र व्यपारीहरुलाई तालिम प्रदान गरि रहेको छ । कोका–कोका–कोलाले हाल Himalayan Climate Initiatite (HCI) र GIZ सँग सहकार्य गरि पेट बोटल संकलन अभियान सुरु गरेको छ जसबाट यस्ता पेट बोटलहरु रिसाइकल गर्न प्रोत्साहान गर्दछ । यी अभियानहरुका साथै वल्र्ड वाटर डे जस्ता कार्यक्रमहरु संचालन गर्दे कोका–कोला नेपालले देशभरिका विभिन्न समुदायहरुमा जीवनस्तर सुधार गर्न सकारात्मक प्रभाव श्रृजन गर्ने लक्ष्य राखेको छ

 

सम्बन्धित खबरहरु