प्राश्ना पाण्डेपछिल्लो समय चर्चामा रहेकी गायिका हुन् । ‘मेरो आँखा देखेर भुतुक्कै’, ‘छुक छुक गुड्न थाल्यो मनहरूको रेल’लगायत केही चर्चित डान्सिङ गीतबाट चिनिएकी यी गायिका केही पहिलेको रातो नम्बर काण्डमा समेत मुछिएकी छन् । घरको साङ्गीतिक वातावरणले सानैदेखि नाच्न र गाउन रुचाउने उनी इलामकी रैथाने हुन् ।

सानोमा लुकीलुकी हजुरबुबाको हार्मोनियम चलाउँदा चलाउँदै गायनप्रति रुचि पलाएको बताउने उनले भजन र पप गीतसमेत गाएकी छन् । हाल अनुरागमा सङ्गीतमा सङ्गीत अध्ययन गरिरहेकी गायिका प्राश्नालाई रातोपाटीको दश प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?–नयाँ एल्बमको तयारीमा छु । जसको गीतहरू रेकडिङ सकिएको छ । बाहिर ल्याउने तयारी गर्दैछु । गायिका भएर जिउन कतिको सजिलो छ ?–गायनमा स्थापित भएपछि साजिलो छ । तर सङ्घर्षको समयमा निकै कठिन छ । किनभने गायनको सुरुवातको क्रममा मिडियादेखि हरेक क्षेत्रमा पैसा खर्च गर्नुपर्छ । खर्च गर्दा पनि विभिन्न ठाउँमा आफ्ना लागि धाउनु पर्छ । यो एक समस्य हो भने अर्काे समस्या सङ्गीतकार, एरेन्जर लगायतलाई धेरै समय कुर्नुपर्छ । सानातिना धेरै समस्या आउँछन् ।

म्युजिक भिडियोमा देखिने गर्नुभएको छ । मोडलिङतिर पनि रुचि हो ? – मोडलिङमा पटक्कै रुचि छैन । तर साथीहरूले आफ्नो गीतमा आफैले मोडलिङ गर्न सुझाए, प्रेसर गरे । यस कारण मात्र हो । फ्यानको पनि म्युजिक भिडियोमा मलाई हेर्ने चाहना पूरा गरेकी हुँ ।सौन्दर्यतिर कतिको रुचि छ ?–केटीमान्छेलाई मेकअप मन पर्छ भन्ने गरिन्छ भन्दा कसैले पत्याउँदैन होला ।

तर मलाई मेकअफ पटक्कै मन पर्दैन । कस्तो पुरुषको प्रेम प्रस्ताव स्विकार्नु हुन्छ ?–अग्लो, ह्यानसम, राम्रो पुरुष सबैको रोजाइमा पर्छ नै । यसको अलवा शिक्षित, अरूको पेसालाई सम्मान गर्ने पनि मलाई मनपर्छ । केही केटीहरूमा बिजनेस म्यानको चाहना हुने गर्छ । मलाई चाहिँ मेरो पेसालाई सम्मान गर्ने, मलाई बुझ्ने र माया गर्ने भए पुग्छ ।

तपाईंको कुन अङ्गमा लोभिन्छन् पुरुष ?–मेरो ओठमा लोभिने गर्नुभएको छ । पुरुष मात्र होइन, महिलाले पनि मेरो ओठ नै मन पराउँछन् । सबैले मेरो ओठ सेक्सी छ, राम्रो छ भन्छन् । तर मलाई मेरो आँखा मनपर्छ । किनभने आँखाले गर्दा नै मैले संसार नियाल्न पाएकी छु ।

घुम्न कतिको मनपर्छ ? – धेरै मनपर्छ । प्राकृतिक सौन्दर्यले भरिएको शान्त ठाउँ घुम्न रुचाउँछु । फ्यानहरूले के–कस्ता प्रस्ताव दिने गरेका छन् ? –धेरैथरी फ्यान छन् । तीबाट विभिन्न प्रकारका प्रस्ताव आउने गरेका छन् । कतिले आफ्नो रोजाइ अनुसारको गीत पनि डिमान्ट गर्छन् । कतिपयले प्रेमका अफर पनि राख्छन् ।

यी सबै कुरालाई नर्मल रूपमा लिने गरेकी छु । कोही फ्यान जिद्दी टाइपका पनि हुन्छन् । उनीहरूलाई फेसबुकबाट ब्लक गर्ने गरेकी छु । पूरा नभएको सपना ? –आमालाई विदेशका सहरमा घुमाउने इच्छा छ । त्यो पूरा गर्न सकेकी छैन । डेटको अफर दियो भने ? – बलिउड अभिनेता ऋतिक रोशन मेरो ड्रिम ब्वाइ हुन् । ऊसँगको डेडिङको अफर मिले तुरुन्त जान्छु ।

सम्बन्धित खबरहरु