ई. असिम बाबु श्रेष्ठ / मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस । यहि सपना पुरा गर्नको लागी मानिसहरु रातदिन, घामपानी, हुरीबतास नभनीकन धन, सम्पति, पैसा, मान, प्रतिष्ठा र इज्जत कमाउनको लागी दौडी रहेका हुन्छन् ।

यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

१. घर किन्दा ध्यान दिनु पर्ने कुराहरुः

घर भनेको जीवनमा धेरैचोटी किनीरहन सकिदैन । त्यसैले घर किन्दा विशेष ध्यान दिनुपर्छ । घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पु¥याएर मात्र घर किन्नु पर्छ ।

घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।

घरको लोकेशन/ठाउँ पनि विचार पु¥याउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ । सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।

वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ । घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पु¥याएर मात्र घर किन्नु राम्रो हुन्छ ।

कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ । सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पु¥याएर घर किन्नु पर्छ ।

समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ । प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पु¥याएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।

घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पु¥याएर मात्र घर किन्नु पर्छ । घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ । बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।

२. जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरुः–

जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पु¥याएर मात्र किन्नु उपयुक्त हुन्छ ।

काठमाडौंको हिसाबले हेर्दा जग्गा पूर्व, दक्षिण मोहडा भाको उपयुक्त हुन्छ । जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ । जग्गा सम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पु¥याएर मात्र छनौट गर्नुपर्छ ।

वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि । जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।

भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ । जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर मात्र जग्गा खरिद गर्नुपर्छ ।

नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन । उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।

माथि उल्लेखित सबै कुरामा विचार पु¥याएर घरजग्गा खरिद गर्ने हो भने हामीले भविष्यमा पछुताउनु पर्दैन । नत्र दुःख गरी कमाएको सम्पति र भविष्यको लागी जोडेको घरजग्गा व्यर्थ हुन्छ । त्यसैले समयमै सचेत भई हरेक कुराको सोध, खोज र अनुसन्धान गरी समय लगाएरै घरजग्गा किनेमा आफू र आफ्नो सन्ततीको लागी जीवनभर खुशीको बहार ल्याउन सकिन्छ र भविष्यमा आफूले गरेको लगानी ठीक ठाउँमा रहेछ भनी खुसी र आनन्दमा रमाउन सकिन्छ । – लेखक जियोमेटिक इन्जिनियर हुनुहुन्छ ।

 

सम्बन्धित खबरहरु