काठमाडौं । पैसाको मोह कसैलाई पुरा हुँदैन । कमाउने रहरपनि सबैमा हुन्छ । अब कसरी कमाउने त पैसा ? आज हामी सुत्र दिँदैछौ । दुई नम्बरी धन्धा, कालो कर्तुत नगरी सजिलै पैसा कमाउन तरिका यो लेखबाट सिक्नुहुनेछ । यहाँ हामी तपाईंलाई केही उपाय बताउँछौं जसलाई अपनाउनुभयो भने पैसा कमिन्छ ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुहुन्छ रु पैसा बचाउनु पनि पैसा कमाउनु नै हो । आफूलाई चाहिने कुरा मात्र किन्नुस् ।

जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ नि ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि । घरमा भएका पुराना सामान बेचिदिनुस् ।

घर भरिने गरी सामान थुपार्नुको के अर्थ रु सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन । अनलाइन शपिङ गर्नुभयो भने छुटको कूपन र सेलमा सामान किन्नतिर जोड दिनुस् ।

क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो । वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् । दिनदिनै लटरी टिकट किन्नुस् । के थाहा, कुनै दिन तपाईंको पनि नम्बर लागेर टन्न पैसा आइहाल्छ कि ? एजेन्सी

सम्बन्धित खबरहरु