काठमाडौ । २०७४ सालको ‘मिस नेपाल वल्र्ड’को उपाधि हेटौडाकी श्रृङ्खला खतिवडाले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् ।  

 

सम्बन्धित खबरहरु