काठमाडौं । चट्याङ लागेर धेरैको अल्पायूमै ज्यान गुमाई रहेका छन् । यो ज्यानमारा चट्याङ कहाँ कतिबेला आउँछ भन्ने जानकारी कसैलाइ पनि हुँदैन । तर, यसबारे पूर्वसूचना दिने मोबाइल एप बजारमा आईसकेको छ ।भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ ।

कर्नाटकमा हरेक वर्ष चट्याङबाट ७० औसतमा ७० जनाको मृत्यु हुन्छ । सर्वसाधारण, भौतिक संरचना र चौपायालाई जोगाउने उद्देश्यले कर्नाटक राज्यको प्राकृतिक विपत निगरानी केन्द्र ९के।एस।एन।डी।एम।सी० र राजश्व विभागको पहलमा चट्याङबारे जानकारी दिन मोबाइल एप विकसित गरिएको हो ।सिडिलु नामक मोबाइल एप गुगल प्लेस्टोर वा एप्पल स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । स्मार्टफोन प्रयोगकर्ताले यो एपबाट ४५ मिनेट अघि नै चेतावनी प्राप्त गर्छन् ।

मोबाइलमा रातो रंग देखायो भने थाहा हुन्छ कि एक वर्ग मिटर वरिपरिको क्षेत्र चट्याङको जोखिम छ । रातो रंगले व्यक्ति रहेको १ वर्गमिटर वरिपरिको क्षेत्रमा चट्याङको सम्भावना ९० प्रतिशत छ भन्ने कुराको जानकारी दिन्छ ।यसैगरी सुन्तला रंगले ५ वर्ग मिटर वरिपरिको क्षेत्रमा र पहेंलो रंगले १५ वर्ग मिटर क्षेत्रमा चट्याङको जोखिम रहेको संकेत दिन्छ । यदि हरियो रंग मोबाइलमा देखायो भने थाहा पाउनुपर्छ कुनै खतरा छैन ।

प्राकृतिक विपत निगरानी केन्द्रका निर्देशक श्रीनिवास रेड्डीका अनुसार अर्थ नेटवर्क्स नामक कम्पनीले यो एप बनाएको हो । यो एपले चट्याङलाई ट्र्याक गर्न राज्यका बिभिन्न १० स्थानमा सेन्सर जडान गरेको छ । यसको लागत प्रतिवर्ष ५० लाख भारु छ । यस्तो एप अफ्रिका र अमेरिकाका ९० देशमा प्रयोग भइरहेको छ । 

स्मार्ट फोन प्रयोग नगर्ने व्यक्तिहरुलाई भने म्यासेज मार्फत कुन स्थानमा चट्याङको जोखिम छ भन्ने कुराको जानकारी दिइन्छ । यस्तो टेक्स्ट म्यासेज कृषि, बागवानी, राजश्व, ग्रामिण विकास र गाउँ पन्चायत जस्ता सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि पठाइन्छ जसले ग्रामिणस्तरमा रहेर काम गर्दछन् ।

सम्बन्धित खबरहरु