मन जलाई, सगरमा गयौ बिलाई
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।

आमा‍…

दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!

लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।

बाधा आउँदा हरेक मोडमा, आँट दियौ भिड्न सिकें
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।

ठेश लागि लड्न लाग्दा, कसले देला हात अब
आशुँको यो सागरमा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।

गोमा सञ्जेल

सम्बन्धित खबरहरु