काठमाडौ ।  हिन्दू धर्ममा जीवनशैली कस्तो हुनुपर्छ भन्ने विषयमा राम्रोसँग बताइएको छ । यसले मानिसका हरेक विधि-व्यवहार, कर्म, संस्कार, रीतिरिवाज, दिनचर्या, समाज, सम्बन्ध, देश, काल। स्थान आदिलाई नियम, अनुशासन एवं धमद्वारा बाँधिएको छ । यसो पनि भन्न सकिन्छ- नियम नै धर्म हो । पर्याप्त सुत्नु किन आवश्यक छ र सुत्ने बेलामा कस्ता नियमको पालना गर्नुपर्छ भन्ने विषयमा समेत हिन्दू धर्ममा विस्तारपूर्वक बताइएको छ । के कस्ता छन् त ती नियम ? हेरौँ ।

ओछ्यान राम्रो हुनु आवश्यक

जुन ओछ्यानमा २४ घन्टामा ७ देखि ८ घन्टा बिताइन्छ त्यो राम्रो हुनु आवश्यक छ । ओछ्यान बढी नरम तथा कडा भयो भने शरीरलाई नोक्सान पुर्‍याउँछ । जुन ओछ्यानमा ७, ८ घन्टा बिताइन्छ त्यो आप\mनो मनले खोजेजस्तै भयो भने शरीरका सबै सन्ताप मेटिन्छन् । दिनभरिको थकाइ मेटिन्छ । विहान उठ्दा तरोताजा एवं फुर्तिलो भएको महसुस हुन्छ । यसकारण ओछ्यान सुन्दर, नरम, आरामदायी हुनुका साथे बलियो पनि हुनुपर्छ । तन्ना र तकियाको रंग पनि आँखालाई शीतलता प्रदान गर्ने खालको हुनुपर्छ ।

पर्याप्त सुत्नु आवश्यक

पर्यापत सुत्नु र निदाउनु महत्वपूर्ण एवं जरुरी काम हो । दैनिक ७ देखि ८ घन्टा राम्रोसँग सुतिएन भने आयु घट्दै जान्छ वा कुनै शारीरिक अथवा मानसिक रोगले समात्छ । यसकारण कम्तीमा पनि दैनिक ७ घन्टा निदाउनु आवश्यक छ । अर्को कुरा जसरी कम सुत्नु हानिकारक छ त्यसरी नै आवश्यकताभन्दा बढी सुत्नु पनि हानिकारक नै हुन्छ । राम्रो निद्रा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक छ ।

उचित दिशामा सुत्नु आवश्यक : अर्थात् पूर्वपट्टी टाउको पारेर सुत्दा विद्या बढ्छ, उत्तरपट्टी गरियो भने हानि वा मृत्यु झेल्नुपर्छ । पश्चिम सिरान गरियो भने चिन्ताले छोड्दैन र दक्षिणतर्फ सिरान गरियो भने धन तथा आयु वृद्धि हुन्छ । सुत्दा सदैव पूर्व वा दक्षिण सिरान गर्नुपर्छ  ।

पर्याप्त सुत्नु आवश्यक : पर्यापत सुत्नु र निदाउनु महत्वपूर्ण एवं जरुरी काम हो । दैनिक ७ देखि ८ घन्टा राम्रोसँग सुतिएन भने आयु घट्दै जान्छ वा कुनै शारीरिक अथवा मानसिक रोगले समात्छ । यसकारण कम्तीमा पनि दैनिक ७ घन्टा निदाउनु आवश्यक छ । अर्को कुरा जसरी कम सुत्नु हानिकारक छ त्यसरी नै आवश्यकताभन्दा बढी सुत्नु पनि हानिकारक नै हुन्छ । राम्रो निद्रा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक छ ।

त्यसैगरी सम्पूर्ण जीवन पश्चिमाभिमुखी हुन्छन्, पश्चिमतर्फ बगिरहेका हुन्छन् । सूर्य पनि पूर्वबाट उदाएर पश्चिममा अस्ताउँछ । ऊर्जाको यो धारभन्दा विपरीत प्रवाहमा सुत्नु अर्थात् प्रकृतिको विरुद्ध हुनेगरी पूर्वतर्फ गोडा फर्काएर सुत्नु राम्रो मानिँदैन । अर्को कुरा, यसरी सुत्दा सूर्यको अपमान हुन्छ । ज्योतिष शास्त्रअनुसार सूर्यतर्फ शिर फर्काएर सुत्दा मानसिक एवं शारीरिक स्वास्थ्य राम्रो बन्दछ । यसकारण सदैव दक्षिण वा पूर्वतर्फ सिरान गरेर सुत्नु राम्रो हुन्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पनि यो ठीकै देखिन्छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा चुम्बकीय प्रवाह हुन्छ । उत्तरी ध्रुवमा धनात्मक (+) तथा दक्षिणी ध्रुवमा ऋणात्मक(-) प्रवाह हुन्छ । त्यसैगरी मानिसको शिरमा धनात्मक तथा गोडामा ऋणात्मक प्रवाह हुन्छ । विज्ञानका अनुसार समान ध्रुवबीच विकर्षण हुन्छ अर्थात् यिनीहरू एकअर्काबाट उछिट्टनि खोज्छन् । तसर्थ दक्षिणतर्फ गोडा पारेर सुतियो भने स्वास्थ्यका लागि हानिकारक हुन्छ ।गोडालाई ढोकातर्फ फर्काएर पनि सुत्नु हुँदैन । यसो गर्दा स्वास्थ्य तथा समृद्धिको नोक्सान हुन्छ । 

सुत्नुअघि भगवान्को ध्यान गर्नु राम्रो : सुत्नुअघि ओछ्यानमा बसेपछि त्यो कुरा सोच्नुपर्छ जुन आफूले जीवनमा चाहना गरिएको छ । अलिकति पनि नकारात्मक कुरा सोच्नु हुँदैन किनभने निदाउनुअघिको दस मिनेट समय सार्‍है संवेदनशील हुन्छ । त्यतिबेला अवचेतन मन जाग्रत हुन थाल्छ । त्यस्तै उठिसकेपछिको १५ मिनेट समय पनि उत्तिकै संवेदनशील हुन्छ । यी दुई अवधिमा जे कुरा सोचिन्छ त्यो वास्विक रूपमा घटित हुनथाल्छ । यसैले धर्मशास्त्रअनुसार सुत्नुअघि आफ्नो ईष्टदेवको ध्यान वा नाम जप गरेर मात्र सुत्नु राम्रो हुन्छ ।

कतिबेला सुत्ने कतिबेला उठ्ने ?

रातको पहिलो प्रहरमा सुत्नुपर्छ भने ब्रह्ममुहूर्तमा उठेर सन्ध्यावन्दन आदि गर्नुपर्छ । आधुनिक जीवनशैलीका कारण यस्तो गर्न सम्भव छैन भने के गर्ने त ? सकेसम्म चाँडै सुत्ने र चाँडै उठ्न प्रयास गर्ने । अधिकांश व्यक्ति रातको दोस्रो प्रहर अर्थात् निशिथमा सुत्ने गर्छन् । यो प्रहर ९ बजेदेखि १२ बजेसम्म हुन्छ । रातको अन्तिम प्रहर अर्थात् उषा काल (राति ३ बजेदेखि बिहान ६ बजे) मा उठ्नुपर्छ । यो प्रहर शुद्ध सात्कि हुन्छ । यतिबेला उठेर नित्यकर्म सकी पूजाअर्चना वा ध्यान गर्नुपर्छ । अधिकांश व्यक्ति बिहानको ६ देखि नौ बजेका बीचमा उठ्छन् जब कि यो समयमा सबै कार्य सिध्याइसक्नुपर्ने हुन्छ । दिनको दोस्रो प्रहर अर्थात् ९ देखि १२ बजेका बीच मानव मस्तिष्क सबैभन्दा बढी सक्रिय हुन्छ, यतिबेला कार्य क्षमतामा वृद्धि हुन्छ । काम गर्ने समयमा सुतिुहियो भने भविष्य अन्धकार बन्नसक्छ ।सदैव शवासनमा अर्थात् पिठिउँ तल पारेर शरीरलाई शिथिल छोडी आरामपूर्वक सुत्नुपर्छ । यसरी सुत्दा आराम मिल्छ । कोल्टे फर्केर सुत्नुपर्‍यो भने बायाँ कोल्टे सुत्नुपर्छ अत्यावश्यक भए मात्र दायाँ कोल्टे सुत्न सकिन्छ । टाउको सदैव पूर्व वा दक्षिण फर्काएर सुत्नुपर्छ । यसरी सुत्दा लामो आयु तथा राम्रो स्वास्थ्य प्राप्त हुन्छ ।

केही अन्य नियम

-राम्रो निद्राका लागि खानापछि केही बेर वज्रासनमा बस्नुपर्छ । यसपछि भ्रामरी प्राणायाम गरेर अन्तमा शवासनमा सुत्नुपर्छ ।

-सुत्नुअघि प्रतिदिन कपूर बालेर सुतियो भने राम्रो निद्रा पर्नुका साथै तनाव हट्छ । शुद्ध कपूरको अरू पनि थुप्रै लाभ छन् ।

-जुठो मुख तथा गोडा नधोई सुत्नु हुँदैन ।

-घोप्टो फर्केर, अर्काको ओछ्यानमा, भाँचिएको पलङमा तथा फोहोर घरमा सुत्नु हुँदैन ।

-कुपि्रएर सुत्दा मेरुदण्ढको हढ्डी कमजोर हुन्छ भने घोप्टो सुत्दा आँखामा समस्या देखा पर्छ ।

-रातको खानासुत्नुभन्दा दुई घन्टाअघि नै खाइसकुपर्छ । रातको खाना हलुका तथा सात्विक हुनुपर्छ ।

सम्बन्धित खबरहरु