एक छिनको बोलाईमा माया बस्यो सानि सँग,
के गुनासो पोखम खै आँखाको यो नानि सँग।।

तिमिलाई खुशी राख्न भनि मैले आज ,
जिन्दगीलाई नै दाउमा राख्य राहदानि सँग।।

घरमै बसि तिम्रा आवश्यकताहरू पुरा गर्न सक्दैन,
आफ्नो खुशीहरू बन्धकी राख्ये जवानी सँग।।

गर्मिको त कुरै छोड़म दिनहरू काट्दै छु म,
सुनौलो भविष्य बनाउन रमाउदै छु तातोपानि सँग।।

मनै त वियोगिमा सक्थ्यो कहाँ रमाउन सानि,
जति हाँसे पनि मिसाउनु छ शरिरलाई खरानि सँग।।

यादहरू आउदा तिम्रो छट्पटाउन्छु सधै,
मीठा नमिठा सपनाहरू साट्दै छु म सिरानि सँग।।  
-अनुज जोरा

सम्बन्धित खबरहरु