एजेन्सी । हामीलाई थाहा छ, अहिले बच्चाहरु ग्याजेट्सको तलमा फस्दैछन् । कुनै घर परिवारभित्र नियाल्ने हो भने देख्न सकिन्छ, बच्चाहरु मोबाइलमा लिप्त रहेको । उनीहरु मोवाइलमा कुनै गेम खेलिरहेका हुनसक्छन् वा कार्टुन हेरिरहेका हुनसक्छन् । उनीहरु बेपर्वाह मोवाइलमा यसरी झुन्डिरहेका हुन्छन्, मानौ उनीहरुको संसार त्यसैमा छ ।यो खुसीको कुरा हो वा चिन्ताको विषय रु अभिभावक अझै स्पष्ट छैनन् । एक त हामी अहिले डिजिटल युगमा छौं । हरेक कुरा डिजिटल प्रविधियुक्त हुँदैछ । यस्तो अवस्थामा नयाँ पिढीं प्रविधिमा एकाकार हुनु खुसीको कुरा हो । उनीहरु जति प्रविधिमैत्री हुन्छन्, जीवन उत्तिनै सहज हुन्छन् । प्रविधिबाट अलग भएर अबको जीवनयापन संभव छैन पनि ।

  • खुसी होइन, चिन्ताको विषय

तर, यो जति खुसीको कुरा हो, त्यो भन्दा बढी चिन्ताको विषय हो । चिन्ताको विषय यसकारण कि, ग्याजेट्ससँग यति लिप्त हुनु भनेको एक किसिमको एडिक्सन नै हो । कुनैपनि कुरामा एडिक्सन राम्रो हुँदैन । ग्याजेट्सको एडिक्सनले सामाजिक जीवनबाट बिमुख बनाउँछ । अन्ततः यसले डिप्रेसन जस्ता समस्याको शिकार बनाउने भय रहन्छ ।

यस्तै भय छ, अहिलेका अधिकांश बच्चाहरुमा जो मोबाइल, ल्यापटपमा लिप्त हुन्छन् । मोबाइल, ट्याबलेट, ल्यापटप, डेक्सटपमा बच्चाहरु धेरैजसो समय गेम खेलेर बिताउँछन् । त्यसबाहेक उनीहरु भिडियो वा कार्टुन हेर्छन् । यस्ता सामाग्रीहरु बालमैत्री हुन्छ भन्ने छैन, जसले उनीहरुमा मानसिक असर पुर्‍याउने समेत खतरा छ ।

  • खेलौनाभन्दा मोबाइल प्यारो

तोतो बोली फुट्न नपाई बच्चाहरु मोबाइल, ट्याबलेटको पहुँचमा पुग्छन् । बुबाआमाले पनि के गल्ती गरिरहेका छन् भने, बच्चालाई भुलाउनका लागि मोबाइल दिने ।

अहिले बच्चाको अघिल्तिर मोवाइल छाडिदिने हो भने उनीहरु आफ्नो खेलौना छाडेर त्यतातिर लम्कन्छन् । त्यसैपनि अहिलेका बच्चाहरु इनडोर ९घरभित्र मात्र खेलिने० खेलमा खुम्चदै गएका छन् । बाहिर खेलिने वा शारीरिक खेलहरुमा उनीहरु निस्क्रिय हुँदैछन् । यसो हुनुमा उनीहरुको मात्र गल्ती छैन । अहिले खासगरी शहरिय बच्चाहरुको लागि बाहिर खेल्ने स्थान छैन । उनीहरु घरभित्रै वा कोठाभित्र खुम्चनुपर्ने बाध्यता छ ।

यसरी कोठमा मात्र बस्नुपर्ने बाध्यताले उनीहरुलाई मोबाइल गेमको लतमा पार्दैछ । घरभित्र आफ्नो खेलौना खेल्नु भन्दा उनीहरुलाई मोबाइलको गेम खेल्न रमाइलो लाग्छ । आमाबुबाले पनि उनीहरुलाई यसमा रोकटोक गर्दैनन् । कति आमाबुबालाई त के पनि लाग्छ भने, मोबाइलमा आफ्नो बच्चा पोख्त भए । सिपालु भए । उनीहरुलाई लाग्छ, यो प्रगतिको कुरा हो ।

निश्चय पनि कुनैपनि प्रविधिबारे ज्ञान हासिल गर्नु नराम्रो होइन । बच्चाहरु मोवाइल चलाउँछन् । वाइफाईमा जोडिन्छन् । विभिन्न गेमिङ एप खोज्छन् । डाउनलोड गर्छन् । खेल्छन् । यहाँसम्म ठिक छ ।

  • यसकारण हानिकारक

तर, जब उनीहरु त्यसमै लिप्त हुन्छन्, तब उनीहरुको सामान्य जीवन प्रभावित हुन पुग्छ । उनीहरु आफ्नो बालापन बिर्सिएर मोबाइलमै लिप्त हुन्छन् । बाहिरी संसारमा खेल्दैनन्, रमाउँदैनन्, हेलमेल गर्दैनन् । कतिसम्म भने, गेममै लिप्त भएर खाना खान, होमवर्क गर्न, पढ्न समेत भुल्छन् ।

अर्थात उनीहरु सामाजिक जीवनबाट अलग हुँदै जान्छन् । जबकी हामी सामाजिक प्राणी हौ । समाजसँग एकाकार भएरै हाम्रो जीवन चल्छ । आफ्नो दुखसुख बाँढेर, चाडपर्व मनाएर, सरसहयोग आदनप्रदान गरेर हामी सामाजिक जीवन बाँच्छौं । यस्तो जीवनबाट अलग भएपछि हामीमा निरासा पैदा हुन्छ । हामी एक्लिन्छौं ।

अहिले मोवाइलप्रतिको आशक्तिले यसरी नै बच्चाहरुलाई सामाजिक जीवनबाट एक्लो बनाउँदै लगेको छ । यो निकै जटिल र खतरनाक हो ।अर्कोतिर यसले बच्चाको शारीरिक तथा मानसिक विकासमा अवरोध पुग्छ । बच्चाको रचनात्मक क्षमातामा ह्रास आउँछ । उनीहरुको बालशुलभ चञ्चलता, जिज्ञासा सबै खुम्चन पुग्छ, जो आफैमा घातक हो ।जब बच्चाहरु बच्चाजस्तै हुँदैनन्, तब उनीहरुको शारीरिक र मानसिक विकासमा अवरोध पुग्छ । त्यसले उनीहरुलाई दीर्घकालिन असर पुर्‍याउँछ ।

मोवाइलको गेममा लिप्त भएपछि उनीहरुको शारीरिक गतिविधि निस्त्रिmय हुनपुग्छ । बच्चाहरु बाहिर खेल्दैनन् । उप्रmदैनन् । यसले उनीहरुमा मोटोपन, मधुमेह जस्ता रोगको खतरा अधिक मात्रामा रहन्छ ।त्यस्तै मोबाइलको बिकिरणले पनि उनीहरुको स्वास्थ्यमा हानी पुर्‍याउँछ । त्यसो सोझो असर आँखामा पर्छ । एउटै पोजिसनमा घण्टौ मोबाइलमा लिप्त हुँदा त्यसले रक्त प्रवाहमा असर पुर्‍याउँछ । मेरुदण्डमा असर पुर्‍याउँछ ।

  • अब के गर्ने त ?

बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ, उनीहरुलाई मोवाइल एवं ग्याजेट्सको पहुँच दिनैहुन्न, उनीहरुलाई भर्चुअल गेम खेल्न निषेध गर्नुपर्छ भन्ने सोचिरहनु भएको छ भने त्यो अझ गलत हो ।

अहिलेको अभिभावकको मूख्य चुनौती के भने, बच्चालाई ग्याजेट्ससँग जोडिन दिनुपर्छ । तर, त्यसको व्यवस्थापन गर्न सक्नुपर्छ । समयसीमा तोक्न सक्नुपर्छ । यसले अहिलेका अभिभावकमा दायित्व बढाएको छ ।

  • समय निर्धारण गर्ने

आफ्ना बच्चाले यदि मोबाइलमा गेम खेल्छ, कार्टुन हेर्छ भने त्यसको निश्चित समय मिलाइदिनुपर्छ । उनीहरुले होमवर्क गरिसकेपछि वा विद्यालयबाट फर्केपछि केही समय मोबाइल वा ग्याजेट्समा गेम खेल्न दिन सकिन्छ । यसले उनीहरु मानसिक रुपमा थप रिप्रmेस हुन सक्छन् ।

  • शारीरिक खेलमा प्रेरित गर्ने

तर, निश्चित समयपछि फकाइफुल्याइ वा सम्झाइबुझाइ पढ्न वा बाहिरी खेल खेल्न प्रेरित गर्नुपर्छ । हरेक दिन निश्चित समय उनीहरुलाई मोबाइल गेम खेल्न दिनुपर्छ । यसरी उनीहरुलाई मोबाइलको लतबाट छुटकारा दिलाउन सकिन्छ । 

  • महत्व र प्रयोग विधि सिकाउने

बच्चाहरुलाई मोबाइलमा के हेर्ने, के खोज्ने भन्ने कुरा अभिभावकले सिकाउनुपर्छ । बालमैत्री खेल वा कार्टुनहरु देखाउनुपर्छ । हिंस्रक किसिमको सामाग्री हेर्नबाट निषेध गर्नुपर्छ ।

सम्बन्धित खबरहरु