मोडलिङ क्षेत्रबाटै जीवनको आर्थिक पाटो फराकिलो बनाउनेहरु संसारमा धेरै छन् । सामान्य जीवनबाट करिअर शुरुवात गरेकाहरुको अहिले शानदार जीवनशैली र सफलताले धेरैको मन लोभ्याउँने गर्छ । यस्तै मोडलिङ क्षेत्रबाट नाम र दाम दुबै कमाएका केहि मोडलहरुको बारेमा तपाईलाई जानकारी दिंदैछौं ।

केन्डल जेनर – गत वर्ष सुपर मोडल केन्डल जेनरसँग १ करोड अमेरिकी डलर थियो र उनी फोब्र्सको सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सन् २०१६ को सूचीको तेस्रो स्थानमा थिइन् । यो वर्ष केन्डलको कमाइ बढेर २ करोड २० लाख अमेरिकी डलर पुग्यो र यो कमाइले केन्डललाई वर्ष २०१७ को सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीको पहिलो स्थानमा उभ्याएको छ । केन्डलको इन्स्टाग्राम फलोअरको संख्या ८ करोड ५० लाख छ । केन्डल यो वर्ष विश्वविख्यात कस्मेटिक ब्रान्ड एस्टी लाउडर, अन्डर वेयर ब्रान्ड ला पर्ला तथा स्निकर उत्पादक एडिडासको विज्ञापनमा पनि छाइन् । रियालिटी टिभी शो, मार्क ज्याकोबको रनवे आदिबाट पनि यो वर्ष केन्डलको खातामा डलरको वर्षा भएको थियो ।

गिसेली बन्डचेन – सन् २००२ देखि फोब्र्स पत्रिकाको वर्षको सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको अग्रस्थानमा रहँदै आएकी ब्राजिलियन मोडल गिसेली बन्डचेन यो वर्ष दोस्रो स्थानमा धकेलिइन् । ३७ वर्षीया गिसेलीको कमाइ गत वर्षको तुलनामा ह्वात्तै घटेर १ करोड ७५ लाख अमेरिकी डलर पुग्यो ।गत वर्ष उनको कमाइ ३ करोड ५ लाख अमेरिकी डलर थियो । गिसेलीको यो वर्षको कमाइको महत्वपूर्ण हिस्सा सुगन्धसम्बन्धी उत्पादन क्यारोलिना हेरिरासितको आबद्धता तथा आरेजो फुटवेयर र भिभारा ज्वेलरीको विज्ञापनमार्फत संकलन भएको हो ।

क्रिस्सी टिएगन – सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीमा यही वर्ष डेब्यु गर्दै सीधै तेस्रो स्थान ओगट्न सफल भएकी छिन्–क्रिस्सी टिएगन । पूर्व स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनको कभर गर्ल क्रिस्सीको यो वर्षको कमाइ १ करोड ३५ लाख अमेरिकी डलर छ । फेसनका विभिन्न गतिविधिसँगै भिटा कोको र स्मिर्न अफजस्ता लोकप्रिय पेय पदार्थको विज्ञापनदेखि हेयर केयर कम्पनी ट्ेरसेमी र कस्मेटिक ब्रान्ड बेक्कासितको संलग्नताले पनि द लिप सिन्क ब्याटल नामक टेलिभिजन शोकी होस्ट तथा कुकबुककी लेखिका क्रिस्सीको झोला भर्ने काम ग¥यो ।


एड्रियाना लिमा – सन् २००० देखि नै विश्व प्रसिद्ध लिङ्गेरी ब्रान्ड भिक्टोरियाज सिक्रेट एन्जेल बन्न सफल लिमाको यात्राले यो वर्ष पनि निरन्तरता पायो । ३६ वर्षीया यी सुपर मोडलको कमाइ गत वर्षकै बराबर अर्थात् १ करोड ५ लाख अमेरिकी डलर रह्यो । यद्यपि फोब्र्स पत्रिकाको सन् २०१६ को सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीको दोस्रो स्थानमा रहेकी लिमा यो वर्ष दुई स्थान तल झरेर चौथौं स्थानमा समेटिन पुगेकी छिन् । यो वर्ष उनको कमाइमा स्पोर्टम्याक्स नामक ब्रान्ड तथा मार्क ज्याकब्सको सुगन्धसँगको संलग्नता प्रमुख रह्यो । टेलिभिजिन प्रस्तोताका रूपमा समेत उनले केही कमाइ गरिन् ।

गिगी हाडिड – इन्स्टाग्राममा ३ करोड ७० लाख फलोअर भएकी मोडल गिगी हाडिडको लोकप्रियतासँगै उनको वार्षिक कमाइ पनि उकालो लागेको पाइन्छ । गत वर्ष उनले फोब्र्सको सर्वा्धिक कमाइ गर्ने मोडलहरूको वार्षिक सूचीमा टप फाइभभित्र डेब्यु गरेकी हुन् । गिगीले गत वर्ष ९० लाख अमेरिकी डलर आफ्नो खातामा जम्मा गरेकी थिइन् भने यो वर्ष उनको कमाइ बढेर ९५ लाख अमेरिकी डलर पुगेको छ । २२ वर्षीया गिगीलाई मेबिलिइन, टमी हिलफाइगर, भोग आइवेयर जस्ता टप ब्रान्डले रुचाइ दिंदा उनको माग ह्वातै बढेको थियो ।

रोजी हन्टिङटन ह्वाइट्ली – इङ्लिस मोडल एवं अभिनेत्री रोजी हन्टिङटन ह्वाइट्ली यो वर्ष फोब्र्स पत्रिकाको सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीको पाँचौं स्थानमा छिन् । उनको यो वर्षको कमाइ ९५ लाख अमेरिकी डलर छ । यो कमाइमा आफ्नै ब्रान्डको लिङ्गरी, मेकअप तथा सुगन्धसमेत समावेश छ । त्यसबाहेक उनको कमाइमा बर्बरी सुगन्ध तथा अन्य क्लोथिङ ब्रान्ड एवं डिजाइनरहरूसितको आबद्धताले पनि उत्तिकै भूमिका खेलेका छन् ।

कार्ली क्लस – २५ वर्षीया कार्ली क्लस भिक्टोरियाको गत वर्षको कमाइ १ करोड डलर पुगेको थियो, त्यसैले उनी फोब्र्सको सूचीमा तेस्रो स्थानमा फड्को मार्न सफल भएकी थिइन् । यो वर्ष क्लसको कमाइ घटेसँगै फोब्र्सको सूचीमा उनी सातौं स्थानमा धकेलिएकी छिन् । यो वर्ष उनको कमाइ ९० लाख अमेरिकी डलरमा समेटियो । भोग म्यागजिनको विभिन्न संस्करणमा ३६ पटक कभर कर्ल बनिसकेकी कार्ली क्लसको आबद्धता एडिडास, एक्सप्रेस, स्वारोस्कीजस्ता ब्रान्डसित छ ।

लिउ वेन – पहिलो चिनियाँ सुपर मोडल लिउ वेनको कमाइ यो वर्ष गत वर्षको तुलनाका केही घटेको छ । गत वर्ष उनले ७० लाख अमेरिकी डलर कमाइ गरेकी थिइन् भने यो वर्ष उनको कमाइ ६५ लाख अमेरिकी डलर रह्यो । लिउ फोब्र्स पत्रिकाको वर्ष २०१७ को सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीमा गत वर्षझैं आठौं स्थानमा छिन् । कस्मेटिक ब्रान्ड एस्टि लाउडरको एसियाली प्रवक्ता वेन भिक्टोरियाज सिक्रेट फेसन शोमा क्याटवाक गर्ने तथा अमेरिकी भोग पत्रिकाको कभरमा देखा पर्ने पहिलो चिनियाँ मोडल हुन् ।

बेला हाडिड – सर्वा्धिक कमाइ गर्ने मोडलहरूको सूचीको नवौं स्थानमा डेब्यु गरेकी छिन् बेला हाडिडले । गिगी हाडिडकी सहोदर बहिनी बेलाले यो वर्ष ६० लाख अमेरिकी डलर आम्दानी गरिन् । डियोर मेकअप, नाइकी तथा नार्स कस्मिेटिकजस्ता दर्जनौं ब्रान्डका लागि काम गरेकी २१ वर्षीया बेला इन्स्टाग्राममा समेत उत्तिकै लोकप्रिय छिन् ।

एस्ले ग्राहम – एस्ले ग्राहम यो वर्ष ५५ लाख अमेरिकी डलरको कमाइसँगै फोब्र्स पत्रिकाको वर्षको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको टप टेन भित्र डेब्यु गर्न सफल भएकी छिन् । उनी सूचीको दशौं स्थानमा छिन् । यो वर्ष एस्ले एडिसन एली, ड्रेसबार्नदेखि लेन ब्रायन्ट तथा एच एन्ड एम ब्रान्डको स्वीमसुट प्रोजेक्टमा सहभागिता जनाएकी थिइन् । एजेन्सी

सम्बन्धित खबरहरु