काठमाडौ । उच्चरक्तचाप सबैको डरको विषय बनेको छ । हिजो आज उच्च हृदयाघातका कारण धेरैको मृत्यु भैरहेको पाईन्छ । प्रायः रगत जाँचका क्रममा धेरैको रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च देखाउने गर्छ । ट्राइग्लिसराइड उच्च हुँदा हामी तर्सने पनि गर्छौँ । हामीमध्ये कतिपयलाई भने ट्राइग्लिसराइडका विषयमा थाहा नहुनसक्छ । जब कि ट्राइग्लिसराइड रगतमा पाइने एक किसिमको बोसो (चिल्लो पदार्थ) हो । अर्थात् रगतमा बोसो देखिनु हो ।

यो समस्या सामान्य भए पनि धेरैलाई यसबारे जानकारी नहुन सक्छ ।रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा टाइप २ मधुमेहबाट ग्रसित तथा राम्रो कोलेस्ट्रोलको मात्रा कम हुने व्यक्तिमा मुटु सम्बन्धी समस्याका साथै हृदयाघात तथा स्ट्रोकको जोखिम बढी हुने गर्छ ।यद्यपि रगतमा देखिने बोसोलाई कम गर्न धेरै उपाय अपनाउन जरुरी छ तर त्यसका लागि सर्वप्रथम हाई ट्राइग्लिसराइडबारे विस्तृतमा बुझ्नु आवश्यक छ ।

के हो त हाई ट्राइग्लिसराइड ?
चिकित्सकहरूका अनुसार जब हामी खाना खान्छाँ, तब हाम्रो शरीरले क्यालोरीलाई इनर्जीमा बदल्छ । ट्राइग्लिसराइड सही अवस्थामा रहेमा शरीरमा यसको खासै जरुरत पर्दैन । ट्राइग्लिसराइड शरीरको वोसो तथा कोषिकामा संगृहीत भएर बसेको हुन्छ । खाना खान शरीरका लागि ऊर्जाको आवश्यकता पर्छ । उक्त उर्जाका लागि हर्मोनले ट्राइग्लिसराइड निकाल्ने गर्छ । त्यसैले खाना खाने क्रममा क्यालोरी बर्न गर्छु भन्ने सोच्नुहुन्छ भने बेलामै होश पुर्‍याउनुस् ।

क्यालोरी बर्न गर्छु भन्ने सोचमा कार्बोहाइड्रट तथा चिल्लो खानेकुराको सेवन धेरै गर्दा क्यालोरी बर्न हुन्छ कि हुदैन भन्ने त पछिको कुरा हो । यसले तपाइर्ंको रगतमा ट्राइग्लिसराइडको मात्रा भने अवश्य पनि उच्च बनाउन सक्छ ।रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा विभिन्न औषधीको सेवन गर्न सकिन्छ । औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिन भने जरुरी छ । रगतमा  ट्राइग्लिसराइडको मात्रा फास्टिङ ब्लडका आधारमा :

सामान्यः १५० एमजी रडिलभन्दा कम, बोर्डर लाइनः १५० देखि १९९ एमजी रडिल, उच्चः २००देखि ४९९ एमजी रडिल, धेरै उच्चः ५०० एमजी रडिल र सोभन्दामाथि अमेरिकन हार्ट एसोसिएसनका अनुसार रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा हेर्न २० वर्ष पुगेपछि नियमित रूपमा रगतको जाँच गर्नु आवश्यक छ । ट्राइग्लिसराइडको मात्रा उच्च भएमा यसले कलेजो तथा समस्या निम्त्याउँछ । ट्राइग्लिसराइड उच्च भएमा यसको लक्षण उच्च रक्तचाप, मधुमेह, मोटोपना आदिसँग देखिने गर्छ । त्यसैले ट्राइग्लिसराइड के कारणले उच्च भयो भन्ने कुरा यसै भन्न गार्‍हो छ ।

केही व्यक्तिमा आनुवंशिक कारणले गर्दा पनि रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च हुने गर्छ । तर उनीहरूमा हृदयाघातको जोखिम भन्ने धेरै हुँदैन । केही अनुसन्धानहरूले रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा यसले हृदयाघात निम्त्याउँछ भनेर पुष्टि गरिसकेको छ भने केहीले हृदयाघात हुनुमा ट्राइग्लिसराइडको न्यून भूमिका हुने जनाएको छ । यद्यपि यसबारे बहन हुन बाँकी छ ।जेहोस्, हाई ट्राइग्लिसराइड कम गर्न सके हृदयाघात तथा स्ट्रोकको जोखिम कम हुने भएकाले सबैले सन्तुलित आहार, नियमित खानपान तथा आफ्नै जीवनशैलीमा ध्यान दिन विशेष आवश्यक छ ।

सम्बन्धित खबरहरु