शरीरबाट पसिनाको दुर्गन्ध हटाउने यी घरेलु उपाय


काठमाडौ । मानव शरीर हो सबै पसिना आउने गर्दछ । गर्मि याममा त झनै शरीर गन्ध आउने गर्दछ । हामीले खाने कुराले पनि असर शरीरमा पार्ने गर्दछ । यसको असर हाम्रो शरीरबाट आउने गन्धमा अर्थात् सुगन्ध वा दुर्गन्ध दुवैमा पर्छ । कुनै खानेकुरा खाँदा शरीरबाट दुर्गन्ध आउँछ, बढी खाइयो भने शरीरबाट सदैव त्यस्ते दुर्गन्ध फैलिरहन्छ । विभिन्न अनुसन्धानले बताएअनुसार केही खानेकुरा त्यस्ता छन् जसलाई गर्मी मौसममा सकेसम्म खानु हुँदैन, खाए पनि थोरै मात्र खानुपर्छ ।

गर्मी मौसममा त्यस्ता खानेकुराले पसिनाबाट बढी दुर्गन्ध पैदा हुन्छ, पसिना बढी गन्हाउँछ । खानेकुरामा सावधानी अपनाएर पनि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ ।साथै केही त्यस्ता खानेकुरा पनि छन् जसको सेवनले पसिनाको दुर्गन्ध कम गर्न सघाउ पुर्‍याउँछन् । कुनै कुनै खानेकुराले त शरीर तथा मुखबाट सुगन्ध फैलाउनसमेत सहयोग पुर्‍याउँछन् ।

  •  दूधः दूधमा कोलिन नामक तत्व पाइन्छ जसले दुर्गन्ध पैदा गर्दछ ।

दूधको सेवनबाट शरीर गन्हाउने दुष्प्रभावबाट बच्न दही खानुपर्छ । दहीमा त्यस्तो सक्रिय तत्व पाइन्छ जसले दुर्गन्ध फैलाउने तत्वको प्रभाव कम गर्न सहयोग गर्छ ।

  • अल्कोहलः अल्कोहलको सेवनले मुख, शरीर तथा पसिना सबैतिर दुर्गन्ध फैलाउँछ ।

यसको असर कम गर्न कागतीपानी पिउनुपर्छ जसले शरीरबाट टक्सिन निकाल्न मद्दत गर्छ भने अल्कोहलको प्रभाव कम गरी दुर्गन्ध फैलनसमेत रोक्छ ।

  • कफीः कफीले शरीर तथा सासको दुर्गन्ध बढाउने काम गर्छ ।

यसको प्रभाव कम गर्न हर्बल टी पिउनुपर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरको टक्सिन बाहिर निकाली दुर्गन्ध कम गराउँछ ।

  • काउलीः काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ जसले पसिनामा दुर्गन्ध पैदा गराउँछन् ।

यसको प्रभाव कम गर्न ताजा स्याउको सेवन गर्नुपर्छ । 

  • लसुन र प्याजः लसुन तथा प्याजमा सल्फर नामक तत्व पाइन्छ जसको सेवनले पसिना धेरै नै गन्हाउँछ ।

यसको प्रभाव कम गर्न दालचिनी तथा सुकुमेल खानुपर्छ ।

  • फर्सीः फर्सीमा पनि कोलिन पाइन्छ जसले पसिना गन्हाउने समस्या बढाउँछ ।

यसको प्रभावलाई कम गर्न सुन्तला खान सकिन्छ । सुन्तलाको सेवनले शरीरमा सुगन्ध फैलाउनसमेत मद्यत गर्दछ

प्रतिक्रिया दिनुहोस्