काठमाडौ  । यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिएको छ । भिडियो डाउनलोड गर्न निम्न तरिका अपनाउहोस् –

१. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस्

२. एपमा कुनै पनि भिडियो खोल्नुस्

३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ ।

४. डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ ।

यूट्यूबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो । तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको अर्कै तरिका छ ।

विन्डोज, म्याक वा लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका

विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4K) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ । 

१. 4K भिडियो डाउनलोडर डाउनलोड गर्नुस् ।

२. आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस् ।

३. 4K भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् ।

सम्बन्धित खबरहरु