काठमाडौ । विश्वको पुरानो मध्येको एक र प्रतिष्ठित साँस्कृति अवार्ड, साहित्य तर्फको नोबेल पुरस्कार यस वर्ष रद्द हुने सम्भावना बढेको छ ।यौन हिंसाको आरोपका कारण समस्यामा रहेको संस्थाले यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार रद्द गर्ने सम्भावना छ ।

पुरस्कार प्रदान गर्ने द स्वीडिस एकेडेमी फ्रान्सेली फोटोग्राफर जिन क्लाउडी अर्नाउल्टमाथि लागेको यौन हिंसाको आरोपका कारण बर्खास्त हुने अवस्थामा पुगेको छ ।यौन हिंसाको आरोप लागेका अर्नाउल्टले शताब्दी पुरानो संस्थाकी पूर्व सदस्यसँग विवाह गरेका छन् ।

बिहीबार एकेटेडमीको बैठक बस्दैछ र यो बैठकले यो वर्षको पुरस्कार प्रदान गरिने वा अर्को वर्षका लागि सार्ने भन्ने निर्णय गर्नेछ । एकेडेमीका केही सदस्य अहिलेको अवस्थामा पुरस्कार प्रदान गर्न नहुने पक्षमा रहेको बताइएको छ ।हलिवुडबाट सुरु भएको मी टू ह्यासट्याग पछि १८ जना महिलाले अर्नाउल्टमाथि यौन हिंसाको आरोप लगाए । यस्ता घटना स्वीडिस एकेडेमीको क्षेत्र भित्र भएको अरोप छ । तर अर्नाउल्टले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

अर्नाउल्टकी श्रीमती कवि तथा क्याटरिना फ्रोस्टेनसनलाई १८ सदस्यीय कमिटिबाट हटाउने नहटाउने भन्ने सम्बन्धमा मतदान भयो र नहटाउने पक्षमा मत बढी भयो । त्यसपछि कमिटिका सात जनाले राजीनामा दिए । राजीनामा दिनेमा क्याटरिना पनि थिइन् ।प्राविधिक रुपमा कमिटिका सदस्यले राजीनामा दिन मिल्दैन र यो पद जीवनभरका लागि हो । तर उनीहरुले एकेडेमीका गतिविधिमा सहभागिता नजनाउन भने पाउँछन् । 

स्वीडिस राजा कार्ल १६ औँ गुस्ताफले एकेडेमीको यस्तो नियम परिवर्तन गर्ने बताएका छन् ।कमिटिमा बाँकी रहेका ११ सदस्यको बिहीबारको बैठकले यो वर्षको साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गर्ने वा अर्को वर्षको नोभेम्बरमा दुई पुरस्कार घोषणा गर्ने भन्नेबारे निर्णय गर्नेछ ।यसअघि सन् १९४३ मा दोस्रो विश्व युद्धका कारण विजेता घोषणा गरिएको थिएन । सन् १९०१ देखि यो पुरस्कार दिइँदै आइएको छ ।

सम्बन्धित खबरहरु