मिठा मिठा बातहरु मसगँ बोलेर आयौ ।
मध्य रातमा दिलको ढोका खोलेर आयौ ।

अझैसम्म बुझ्न सकिन मैले ए प्रेयसी
मबाट मैरे दिल कसरी चोरेर आयौ ।

यार बदनामीको डर कहाँ हरायो फेरि
भन किन यसरी जोखिम मोलेर आयौ ।

समाजका नियम कानुन केही पनि नमानी
बदनाम हुँदै आखिर सिमाना तोडेर आयौ ।

प्रेमको रापमा आफै जल्यौ खरानी बन्यौ
दोषी मलाई बनाई एक्लै छोडेर आयौ ।

  • प्रकाश पौडेल
    गुलरिया ०४ बर्दिया

सम्बन्धित खबरहरु