एजेन्सी । हरेक मानिसले आफ्नो उमेर बढ्दै गएको कुरालाई सहजतापूर्वक लिनुपर्छ । त्यसको लागि आफूभित्र आत्मविश्वास र संसारलाई आफ्नै नजरले हेर्ने तरिका हुनुपर्छ । यस्तो अवस्थामा तपाईको आफ्नो जीवन अनुभवले पनि धेरै कुराहरू सिकाउँछ र गल्ती गर्नबाट रोक्छ ।

तर, धेरै वर्षको ज्ञानको बाबजुद पनि स्वस्थ र आकर्षक रहने मामिलामा तपाईबाट कहिलेकाहीँ केही गल्ती हुन सक्छ । तपाई उमेर बढ्दै जाँदा पनि युवावस्थामा जस्तै स्वास्थ्य र आकर्षक रहन सक्नुहुन्छ ।

यहाँ हामीले यस्ता १२ गल्तीहरूको सूची तयार पारेका छौं जसलाई महिलाहरूले आफ्नो ४० वा ५० को उमेरमा पनि हटाउन सक्छन् र आकर्षक हुन सक्छन् ।

व्यायाम गर्न छोड्नु : उमेर बढ्दै गयो भनेर तपाईले व्यायाम गर्न छोड्ने बारेमा सोच्नुभएको छ भने त्यो पनि एक ठूलो गल्ती हो । व्यायाम तपाईको स्वास्थ्य र गुणस्तरीय जीवनको लागि नभई नहुने कुरा हो । यसले तपाईलाई दुखाइबाट छुटकारा पाउन मद्दत गर्छ र तौल बढ्ने, मधुमेह, मुटुको रोग वा डिमेन्सिया जस्ता सम्भावित स्वास्थ्य समस्याबाट बचाउँछ । तपाईले नियमित व्यायाम गरिरहनुभएको छ भने धेरै राम्रो कुरा हो तर अहिलेसम्म व्यायाम गर्ने बानी छैन भने पनि आजैदेखि जिम जाने, योग गर्ने वा हिँड्ने बानी बसाल्नुहोस् ।

पुरानै सोचमा अल्झिरहने : लेखक बारबारा गफरम्यानका अनुसार ‘धेरै महिलाहरूले आफूले दशकौंंदेखि जे गर्दै आएका छन् त्यही गरिरहन्छन् ।’ चाहे त्यो फिट नहुने कपडा लगाउने होस् वा पुरानै तरिकाको मेकअप गर्ने । त्यसैले तपाईले पहिले जे गर्नुहुन्थ्यो त्यो गर्ने भन्दा बढ्दो उमेरसँगै आफूलाई जे गर्दा सजिलो लाग्छ र आत्मविश्वास बढ्छ त्यही गर्नुहोस् ।

आफ्नो मुटुको ख्याल नगर्ने : उमेर बढ्दै जाँदा तपाईंले आफ्नो मुटुलाई दिनुपर्ने जति ध्यान नदिनुभएको हुनसक्छ । वास्तविकता के छ भने उच्चचापको जोखिम पचास वर्ष भएपछि पहिले केही समस्या नभएकालाई सम्भावना ९० प्रतिशत हुन्छ । तपाईलाई २४ वर्षको उमेरमा केही समस्या थिएन भन्दैमा ५४ वर्षमा केही समस्या पर्दैन भन्न सकिन्न ।

आफ्नो स्वास्थ्यको ख्यान नगर्ने : तपाईले आफ्नो बालबच्चालाई स्वस्थ बनाउन र आफ्ना वृद्धवृद्धा बाआमाको स्वास्थ्यको राम्रो ख्याल गर्दागर्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न भने बिर्सनुहुन्छ । त्यसैले तपाईले आफ्नो लागि पनि केही समय निकालेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

पर्याप्त ननिदाउनु : ५० वर्ष लागेपछि रातभर नसुतेर पनि भोलिपल्ट सजिलै आफ्नो काम गर्न सक्ने दिनहरू गइसकेको हुन्छ । तपाईलाई बढ्दो उमेरसँगै निद्रा पुगेन भने त्यसले तपाईलाई समस्यामा पार्न सक्छ । थोरै घन्टाको सुताइले तपाइर्ंलाई मधुमेह र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

पर्याप्त भिटामिन बी १२ प्राप्त नगर्नु : हामीले पर्याप्त आइरन, क्याल्सियम र भिटामिन डी आफ्नो खानाबाट प्राप्त गर्नुपर्छ भन्ने तपाईलाई थाहै होला । तर, भिटामिन बी १२ को बारेमा सोच्नुभएको छ रु यो भिटामिनलाई खासै महत्व दिइँदैन तर, यसको बारेमा पनि ध्यान दिनु जरुरी छ । जब शरीर बूढो हुँदै जान्छ तब शरीरमा पेटको एसिडको मात्रा घट्दै जान्छ र स्वस्थ खानाबाट मात्रै यो भिटामिन प्राप्त गर्न असहज हुन सक्छ । यस्तो अवस्थामा अण्डा, माछा मासु दुग्धजन्य पदार्थहरूको सेवन गर्नुपर्छ ।

पोटासियम अपर्याप्त हुनु : बेवास्ता गरिने पोषणतत्वको बारेमा कुरा गर्दा पोटासियमलाई पनि भुल्न हुँदैन । तपाईको उमेरसँगै ब्लड प्रेसर बढ्दै जान्छ र पोटासियमले त्यसबाट लड्न मद्दत गर्छ । यसको मतलब यो होइन कि तपाईले डाक्टरलाई टाढा राख्नको लागि भन्दै दैनिक एउटा केरा खानैपर्छ । पोटासियम भएका अन्य खानेकुराहरू पनि छन् ।

कपाल यस्तै बनाउनुपर्छ भन्ने सोच्नु : ५० वर्ष भएका महिलाहरूले कपाल काटेर छोट्याउन हुँदैन भन्ने कुनै पनि नियम छैन । अधबैंसे महिलाहरूको लागि कपाल यस्तो बनाउनुपर्छ भन्ने कुनै पनि नियम छैन । महिलाको उचाइ, आकार, जीवनशैली र कपाल प्रकारमा भर पर्छ । कपाल उमेरसँगै फुल्दै जान सक्छ र रुखो हुँदै जान्छ र पातलो हुँदै जानसक्छ । २० वा ३० वर्षको उमेरमा जस्तै गरी आकर्षक रूपमा कपाल काटे पनि फरक पर्दैन ।

गलत मेकअप गर्ने : तपाईले कुनै निश्चित मेकअप कलर र ब्रान्ड प्रयोग गरिरहनुभएको हुनसक्छ जसले तपाइर्ंको छाला अनुसार रिफ्लेक्ट नगरेको पनि हुनसक्छ । धेरै भद्दा मेकअप गर्नुभन्दा लाइट टच गर्नु राम्रो हुन्छ । आफ्नो दाँतको ख्याल नगर्ने : तपाई आफ्नो कपाल झर्दै गएको वा छाला चाउरी परेकोमा चिन्तित हुनुहुन्छ होला तर, अब तपाईले दाँतको बारेमा पनि सोच्नुपर्छ । वृद्ध देखाउने एक मुख्य कारण पहेँलो दाँत हो तर यो सुन्दरतासँग मात्रै पनि सम्बन्धित छैन । दाँतको स्वास्थ समग्र स्वास्थ्य र गिजाको रोगसँग पनि सम्बन्धित छ । त्यसैले डेन्टिस्टसँग नियमित भेट्न नछोड्नुहोला ।

गलत ब्रा प्रयोग गर्नु : गुरुत्वाकर्षणले हाम्रो शरीरमा धेरै नै प्रभाव पार्छ । तपाईको उमेरसँगै स्तन झोलिन सक्छ । त्यसैले उमेर बढ्दै गएपछि नियमित प्रयोग गरिरहनुभएको ब्राभन्दा पनि स्तनलाई उठाउने र शरीरलाई स्लिम देखाउने खालको ब्रा प्रयोग गर्नुपर्छ । यसका लागि पहिले प्रयोग गरिरहनुभएको ब्रान्ड र साइजभन्दा अर्को ट्राइ गर्न सक्नुहुन्छ । धेरै जसो ठूला डिपार्टमेन्टल स्टोरहरूले ब्रा फिटिङ सेवा पनि दिन्छन् ।

बोरिङ सेक्स लाइफ : हाम्रो संस्कृतिले युवती मात्रै सेक्सी हुन्छन् भन्ने सन्देश दिन्छ तर तपाईले त्यसलाई मान्नुपर्दैन । चाहेजस्तो कपडा लगाउने स्वतन्त्रता र सेक्सी देखिने आत्मविश्वास तपाईमा पनि हुन सक्छ । तपाई यो उमेरमा पनि आफ्नो यौनचाहना पूरा गर्न सक्नुहुन्छ । गफरम्यानका अनुसार ५० वर्ष वरिपरिका महिलाको पनि उत्कृष्ट सेक्स लाइफ हुन सक्छ । धेरै महिलाहरूको सन्तानप्राप्तिको लागि नभई मात्रै रमाइलो र मनोरञ्जनको लागि सेक्स गरिरहेको अनुभव पहिलो र रोमाञ्चक हुनसक्छ ।

 

सम्बन्धित खबरहरु