काठमाडौ । काठमाडौमा अब राति पनि सडकको छेउ अतिक्रमण फुटपाथमा पनि व्यापार - व्यवसाय गर्न नपाइने भएको छ।यसअघि काठमाडौं महानगरपालिकाले दिनमा मात्र फुटपाथमा व्यापार गर्न केही कडाइ गर्दै आएको थियो।अब रातको समयमा समेत फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्न नदिने निर्णय महानगरपालिकाले लिएको छ ।

सहरको सौन्दयै बिग्रँदै गएको तथा पैदलयात्रुलाई हिँड्न अप्ठेरो भएको भन्दै महानगरपालिकाले यस्तो निर्णय लिएको हो ।रातको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार अब साँझ ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको बताए।आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेलाई अब कडा किसिमको कारबाही हुने प्रवक्ता कार्कीले चेतावनी दिएका छन्। 

अहिलेसम्म फुटपाथमा व्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित खबरहरु