राहदानि सँग प्रिय उज्जवल भविष्य साट्दै छु म …..{ गजल }

2018-05-07 10:56

राहदानि सँग प्रिय उज्जवल भविष्य साट्दै छु म,
कयौं रातहरू जिन्दगीका खाडिमा रुदै काट्दै छु म।।

दुख लाग्छ कसैले सोध्दा हाल खबर जिन्दगीको,
झुटो बोलि बोलेर आफन्त सँग सधै ढाट्दै छु म।।

खाडिको यो घाममा काम गर्दा गर्दै केहि हुनु भन्दा,
पानि नपाई प्यासले आफनो ओठहरू चाट्दै छु म।।


के थाहा के हुन्छ दुई दिनको जिन्दगीमा ,
त्यसैले त आज झुटो मुस्कान दुनियालाई बाट्दै छु म।।

मिठो नमिठो खाई साथिहरू सँग विदेशमा
दु:ख कष्ट सबै भुलि साथि भाईहरू सँग हाँस्दै छु म।।

    Comment Here!


सम्बन्धित समाचार