काठमाडौ ।नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सवार स्कार्पियो धादिङमा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।उक्त दुर्घटनामा परि घोराही पानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी, सचिव सुमन शर्मा, कोषाध्यक्ष धुर्व केसी र नेकपा एमालेका सचिवालय सदस्य बिवेश श्रेष्ठ घाइते भएका छन् ।

घाइतेमध्य सबैभन्दा बढी चोट श्रेष्ठलाई लागेको बताइएको छ । उनको स्थानीय मेडिकलमा उपचारपछि काठमान्डौंको बीर अस्पतालमा लैजाने तयारी भएको छ ।चालक निदाएको हुँदा दुर्घटना भएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए ।

घोराही खानेपानी समस्याको लागि काठमान्डौं डेलिकेसनमा जान लागेको बा १६ च ८०९७ नम्वरको स्कार्पियो सोमवार विहान ६ बजेतिर धादिङको गल्छिमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको गाडीलाई स्थानीय र प्रहरीले उद्दार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु