काठमाडौ । हामीले सबैले आज सम्म सुनेकै कुराको बाख्रा, गधा, कुकुर, बाँदरजस्ता जनावरको बिहे गरिएका खबर त आएकै छ । तर यसपटक चाहिँ अचम्मको कुरा बाहिर आएको छ । यो पटक कुखुराको समेत बिहे भएको खबर आएको छ ।

छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच बिहे गराइएको हो ।बिहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो ।कुखुरा पनि चानचुने होइन, एउटा विशेष प्रजातिको कुखुरा । बेहुला कुखुराको नाम कालिया हो भने बेहुलीको नाम सुन्दरी ।

मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच बिहे गराइएको थियो ।छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो । 

बिहेमा सरसामानको जोरजाम मानिसको भव्य बिहेमा भन्दा कम थिएन । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाएर वितरण गरिएको थियो ।जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच बिहे गराइयो ।बिहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा कुखुरा र कुखुरी दुवैलाई रातो पहिरनमा सजाइएको थियो ।

सम्बन्धित खबरहरु