चिनियाँ अनलाईन पसल #alibaba ले #daraz अनलाईन किनेर नेपालसँगै दक्षिण यसियाभरी प्रवेश गर्यो

2018-05-08 16:45

काठमाडौं । चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाको सेवा नेपालमा पनि विस्तार हुने भएको छ । अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।

सन् २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्नेछ । ‘प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्टलगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम छ’ रकेटले भनेको छ । यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ । अलिबाबाका सीईओ ड्यानियल झाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताएका छन् ।

    Comment Here!


सम्बन्धित समाचार