काठमाडौ १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद गर्ने फैसला सुनाएको छ ।सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले कैद फैसलाको साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको बताउनुभयो ।

कक्षा ९ मा अध्ययनरत वालिकालाई सुनच्यौरीले २०७४ साउन २ गते राती करिब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो ।बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको घर पुगेर बालिकाले आमालाई बताएकी थिइन् । 

परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी वृत्त थिमिको टोलीले त्यसै दिन सुनच्यौरीलाई पक्राऊ गरी जबरजस्ती करणी मुद्धा चलान भएको थियो ।

सम्बन्धित खबरहरु