बीबीसी । जापानका प्रधानमन्त्रीलाई इजराइल भ्रमणका बेला ‘जुत्ता’ मा खाना दिएको भन्दै जापानमा हंगामा भएको छ ।जापानका प्रधानमन्त्री शिन्जो आबे र उनकी श्रीमतीले जब इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग गत मे २ तारिखमा इजराइली प्रधानमन्त्रीको आधिकारीक निवासमा डिनर गरे तब उनीहरुलाई डेजर्ट ‘जुत्ता’ मा दिइयो ।

बेन्यामिनका नीजि र इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेवले शानदार डिनरको अन्त्यमा चकलेटले बनेको ‘जुत्ता’ मा डेजर्टलाई पेश गरे ।जापानी संस्कृतिमा जुत्तालाई निकै अपमानजनक मानिन्छ ।आबेले जुत्तामा पेश गरिएको खानालाई कुनै हिच्किचाहट बिना खाए तर जापानी र इजराइली कुटनीतिज्ञलाई भने यो कुरा पचेन ।जापानमाथि निगरानी राख्ने विश्लेषक पनि त्यहाँका प्रधानमन्त्रीलाई खानामा जुत्तामा दिएको देखेर अचम्मित भए । 

जापानी संस्कृतीमा जुत्ताः जापानमा लामो समयसम्म रहेका एक वरिष्ठ कुटनीतिज्ञले इजराइली पत्रिका येदियोत अहरानोतले यसलाई अपमानजनक र मुर्खताले भरिएको निर्णय बताए ।उनले भने, ‘जापानी संस्कृतीमा जुत्ताभन्दा तुच्छ केही वस्तु छैन । जापानमा घरभित्र मात्र नभई अफिसमा पनि जुत्ता बाहिर राखिन्छ । यहाँसम्म कि प्रधानमन्त्री र अन्य कुनै मन्त्री वा सांसद पनि आफ्नो अफिसमा छिर्नुपूर्व जुत्ता बाहिरै फुकाल्छन् । यो कुनै यहुदी पाहुनालाई सुँगुरको मुखमा खाना पस्किएको जस्तै हो ।

एक जापानी कूटनीतिकले येदियोतसँग भने, ‘कुनै पनि संस्कृतिले जुत्तालाई खानाको रुपमा स्विकार गर्दैन । आखिर ती शेफको दिमागको के चलिरहेको थियो रु यदि यो ठट्यौली थियो भने हामीलाई यो मज्जा लागेन । हामी हाम्रा प्रधानमन्त्रीमाथि गरिएको यस्तो व्यवहारका कारण रुष्ट छौं ।’शेफ सेगेवले आफ्नो सोसल मिडिया प्रोफाइलमा डिनरसँग सम्बन्धित तस्बिर राखेका थिए । यसमा जुत्तामा पेश गरिएको डेजर्ट पनि समावेश थियो । 

एक प्रयोगकर्ताले उक्त तस्बिरमा टिप्पणी गरेका छन्, ‘तपाईंले अहिलेसम्मकै सबैभन्दा ठूलो गल्ती गर्नुभएको छ ।’एक अन्य प्रयोगकर्ताले लेखे, ‘यो देशले यो कुरालाई कहिले बिर्सने छैन । सेगेव म तिमीलाई निकै माया गर्दथें तर तिमीले हामीलाई लज्जित बनायौ ।’थुप्रै अवार्ड जितिसकेका शेफ सेगेव इजराइलका प्रमुख रेष्टुरेन्टका मालिक हुन् । अनेकौं किताब लेखिसकेका उनी टेलिभिजन सेलिब्रिटी हुन् । उनी इआइ एआई एयरलाइन्सका मुख्य शेफ पनि हुन् ।

सम्बन्धित खबरहरु