लुना खतिवडा /
बाबुलाई स्कूल लिएर जाँदा बाटोमा प्रायः जसो घरको बाहिर, खाली जमिनमा घरायसी फोहोर (जहाँ खाली सिसि, स्याम्पुका बट्टा, औषधिका बट्टा, प्लाष्टिकहरुपनि देखिन्छन् ) जलिरहेको हुन्छ भने बिजुलीको पोल मुनि पेय पदार्थका बोतलहरु फ्याँकिएका हुन्छन् । बाक्लो वस्ती र नजिकै स्कूल भएको यो ठाउँमा यसरी जल्ने फोहोरले के कति असर गरेको होला भनेर कहिले काहिँ सोच्छु । यो त एउटा उदाहरण मात्र हो, नेपालका धेरैजसो शहर उन्मुख र ग्रामिण क्षेत्रको अवस्थापनि यस्तै हो ।पूर्व देखि पश्चिम सम्मकामको शिलशिलामाजति ठाउँ पुगेँ, सायद डोटीको सदरमुकाम होस् या त ताप्लेजुङको, यस्ता दृश्य देखेकै छु । म सोच्नबाध्य छु, मैले बाँचिरहेको यो समय र मेरो छोराले आफ्नो उर्जाशिल जीवन बिताउने समयको पृथ्वीमा के फरक पर्ला ? कहिलेकाहिं लाग्छ कि हामी मान्छे यस्ता भइसक्यौं कि पृथ्वी हाम्रो घर हो, हामीले यसलाई बचाउनुपर्छ भन्ने नै भुलिसक्यौं । हामी त सक्दो दोहन गर्नमै व्यस्त छौं ।

[caption id="attachment_142415" align="aligncenter" width="1920"] लुना खतिवडा[/caption]

[caption id="attachment_142417" align="alignleft" width="234"] लेखक :- लुना खतिवडा[/caption]

जनसंख्या वृद्धि, बढ्दो शहरीकरण र आर्थिक विकाससँगै आम मानिसको जिवन शैलीपनि परिवर्तन हुदै गइरहेको छ, सँगसँगै फोहोरको प्रकार र मात्रापनि बढिरहेको छ । प्रयोग गर्न सजिलो, सस्तो र हलुका हुने भएकाले प्लाष्टिक जन्य सामग्रीहरुको प्रयोग अत्याधिक भइरहेको छ । नेपालका कतिपय ठाउँहरु प्लाष्टिक निषेधित गरिएका छन् । तर ती ठाउँहरुमा पनि अबैधानिक रुपमा प्लाष्टिक प्रयोग भइरहेको छ । हामी मानिस कस्ता भने साना साना गल्ति गरिरहने जस्तो कि बजार जाँदा झोला बोक्न अल्छि गर्ने अनि पसलेसँग पोलिथिन झोला माग्ने, कुहिने र नकुहिने फोहोर एकैठाउँ थुपार्ने । यसरी घरमा थुप्रिएका फोहोरको सही व्यवस्थापन गर्न नसक्दा वातावरण कति प्रदुषित बन्दैछ एकचोटी सोर्चौ त ??

फोहोर व्यवस्थापन गर्नु भनेको आफ्नो घर सफा राखेर आँगन वा बाटोमा िनकालेर फोहोर जलाउनु कदापि होइन । तत्कालको सजिलोका लागि जथाभावी रुपमा जलाइने फोहोरले हाम्रो स्वास्थ्य र वातावरणमा पर्ने दिर्घकालीन असरका बारेमा हामी अनविज्ञ छौं । अत्याधिक मात्रामा जलाइने प्लाष्टिक जन्यफोहोरबाट निस्किने घातक रसायन (डाइअक्सिन)ले हामी र हाम्रा सन्तानको जीवन जोखिममा पर्दैछ भन्ने कुराको ज्ञात हामीमा हुनु जरुरी भइसकेको छ । अनावश्यक रुपमा प्रयोग गरेर फालिएका प्लाष्टिक जन्यफोहोर जलाउँदा अत्यन्त धेरै मात्रामा घातक रसायनिक ग्यास निस्कने गर्दछ जुन सिँधै हाम्रो वायुमण्डलमा जाने गर्दछ । डाइअक्सिन नामक घातक विषादिले बरिपरिको हावामात्र प्रदुषित बनाउने होइन, स्वास प्रश्वासको माध्यमबाट हाम्रो शरिरमा प्रवेश गरि स्वास प्रश्वास सम्बन्धि रोग, हर्मोनको गडबडी, क्यान्सर जस्ता समस्या देखा पर्छन् । बालबच्चा, बिरामी, वृद्धवृद्धा र गर्भवतीमहिलाहरु अझ बढि जोखिममा छन् । एक जनाले प्लाष्टिक पोल्दा धेरैको स्वास्थ्य जोखिममा परिरहेको हुन्छ । तर यो कुरा कस्ले बुझाउने ?, कसरी बुझाउने ? प्लाष्टिक निषेधित क्षेत्रमा पनि प्लाष्टिक जन्य फोहोर जलाइरहेको देख्दा हामी कहांनिर चुक्यौं त ?जथाभावी रुपमा प्लाष्टिकको प्रयोग र प्लाष्टिक जन्य फोहोर जलाउनु अबैधानिकहो भनेर कानुनमा स्पष्ट उल्लेख र कडा सजाय तोकेको छ या छैन यस पंतिmकारलाई थाहा भएन । स्थानिय तहमा योजना बनाउँदा सम्बन्धित विज्ञहरुको राय सुझावलाई समेट्ने तथा सरोकारवालाहरुको सशक्त सहभागिता र समन्वयलाई ध्यानदिने हो भने धेरै सुधार गर्न सकिन्छ ।

फोहोरको उचित व्यवस्थापन नहुनु नेपालको एउटा प्रमुख समस्या नैहो । राजधानी जस्तो ठाउँमा त फोहोरको दिर्घकालीन व्यवस्थापन हुन सकेको छैन, फोहोरको व्यवस्थापनका लागि दिगो योजना सहितको ल्याण्डफिल साइट पनिबनाउन सकेको छैन सरकारले भने अन्य क्षेत्रको अवस्था कस्तो होला ? नेपालका धेरै ठाउँहरुमा खोलाको किनार र सडक पेटीफोहोर फ्याक्ने ठाउँ बनेको छ । विशेष गरेर शहरोन्मुख क्षेत्रहरुमा फोहोर व्यवस्थापनअलि जटिल बनेको हो कि जस्तो देखिन्छ । नगरपालिका क्षेत्रमा सडकपेटिमा फोहोरको थुप्रो र गन्ध त हामीलाई बानी नै परिसक्यो ।
नेपाल सरकारले ठोस फोहोर मैला व्यवस्थापन ऐन, २०६७ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधान २०७२ ले पनि हरेक नागरिकलाई स्वस्थ वातावरणमा बाँच्न पाउने हकहुनेछ भनी मौलिकहकमा उल्लेख गरेको छ । साथै वातावरण संरक्षण ऐन र नियमावली समेत लागू भएको छ । यति हुदाहुदै पनि कानुन र यसको कार्यान्वयन बिच बिशाल खाडल छ । एकातिर दक्षजनशक्ति र प्राविधिकको अभावमा फोहोर मैलाको उचितव् यवस्थापन गर्न सम्बन्धित निकाय चुकिरहेको छ भने अर्कोतिर जनताहरु फोहोरको वर्गीकरणको त कुरै छैन जथाभावी फोहोर फाल्ने या जलाउने गर्छन् । आफूले गरेको फोहोर तह लगाउन नसक्ने हामी सभ्य नागरिक हौं त ?
कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी कुहिने फोहोरको कम्पोष्ट मल बनाएर हाम्रो सानो करेसाबारीमा साग सब्जीफलाएर खाँदाकति राम्रो हुदो हो । प्लाष्टिकका सामानहरु भरसक प्रयोग नगर्ने अथवा सकेसम्म कम प्रयोग गर्ने आदत बसाल्न सके कति सुन्दर हुने थियो । यसरी हामीले हेर्दा सामान्य लाग्ने हाम्रा आचरणहरुमा सुधार ल्याउन सक्यौं भने हाम्रो घर वरपर पनि सुन्दर, सफा देखिन्छ । प्लाष्टिकको अनावश्यक प्रयोग मानव हितकर छैन भनेर हामीले हाम्रा छोराछोरीलाई घरघरमा सिकाउनुपर्छ । विद्यालय तहमा फोहोरमैलाको बैज्ञानिक ब्यवस्थापनबारे पाठ्यक्रम समाबेश गरिनुपर्छ । हामीले हाम्रो दैनिक जिबनमा जानाजान गरेका गल्तिको सजायआउँदो पुस्तालाई दिने कि हामीआजै देखि सचेत रहने , आफैं रोजौं ।

सम्बन्धित खबरहरु