नांगै प्रवेश गर्नुपर्ने यो म्युजियम !

2018-05-09 16:15

एजेन्सी । आज सम्म हामी सबैले यो त पक्कै सुनेकै कुरा हो कि निर्वस्त्रधारी लागि पार्क र रेष्टुरेन्ट खोलिएको छ भनेर तर अहिले फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा चर्चित म्युजियमका आगन्तुकहरुले संग्राहलयभित्र छिर्दा जिउका सबै लुगा फुकाल्नुपर्नेछ व्यबस्था निकालेको छ ।

पेरिसस्थित दी पालाइस डु टोक्यो म्युजियमले हरेक शनिवार नांगा मानिसहरुका लागि संग्रहालय भ्रमणको विशेष कार्यक्रम आयोजना गरीने छ ।फ्रान्समा निर्वस्त्रवादी अर्थात् नुडिस्ट समुदायको निरन्तरको आग्रह तथा दबाबपछि संग्रहालयले यस्तो व्यवस्था गर्न लागेको हो । स्मरण रहोस् पेरिसमा यसअघि निर्वस्त्रधारीहरुका लागि पार्क र रेष्टुरेन्ट खुलिसकेका छन् । 

निर्वस्त्र मानिसहरुका लागि हरेक शनिवार बिहानै म्युजियम भ्रमणको अवसर प्रदान गरिनेछ । बिहान म्युजियम खुल्ने नियमित समय भन्दा अगावै निर्वस्त्रवादीहरुले म्युजियमको भ्रमण सकाउनेछन् ता कि अन्य साधारण भ्रमणकर्ताहरु नांगा मानिसहरु देखेर समस्यामा कोहि नपरुन् ।निर्वस्त्रवादीहरुले शनिवारको निर्वस्त्र म्युजियम भ्रमणमा युवापुस्ता आकर्षित हुने र यसले निर्वस्त्रवादलाई समाजमा समाजमा स्थापित गर्ने आशा राखेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार