रोशन पोखरेल/काठमाडाै । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्काे लगातार मौलिक भाकाहरुले निरन्तर आइरहेका छन । ग्रामिण परिवेशमा गाइने विशेष शैलीका मौलिक भाकाहरुलाई आफना दर्शक तथा श्रोताको मनमा बस्ने लोकलयमा तयार परिएको सर्वोकृष्ट सिर्जनाहरु बजारमा आइरहेको छ । यसै क्रममा मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा नरमाया धर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ” बोलको गीतको म्युजिक भिडियोमा गायक प्रेम रावत र गायिका नरमाया धर्तिको आवाजमा रहेको गीत यूट्युबमार्फत सार्वजनिक भएको छ । सागर धर्ति मगरको शब्द तथा प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ ।

मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ । “सिन्दुर ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जी एम र आशा खड्काको निकै मार्मिक अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।

सम्बन्धित खबरहरु