गीतकार दिपा राई पुनका शब्दलाई गायिका मेलिनाले स्वर भरेपछि बन्यो सर्वाधिक रोजाईको गीत [भिडियोसहित]

2018-05-09 20:24

काठमाडौँ । दिपा राइै पुन व्यवसायीक गीतकार हुन् । त्यसो त उनी गीतकार मात्र हैन । साहित्यका अधिकांश विधामा कलम चलाउन सफल स्राष्ट्रा हुन् । उनै दिपाले रचेका शब्दलाई चर्चित गायिका मेलिना राईले स्वर भरेको गीत ‘तिमी मेरो, म तिम्रो’ अहिले दर्शक र स्रोताको सर्वाधिक रोजाईको गीत बनिरहेको छ । प्रतिरुप एल्बममा समावेश गरिएको ‘तिमी मेरो, म तिम्रो’ बोलको गीतको म्युजिक भिडियो युवटुवमा सार्वजनिक भएको केही समयमा नै सर्वाधिक चर्चित बनेको छ ।

कविका रूपमा परिचित दीपा राई पुनको प्रतिरुप (रिफेल्क्सन अफ लाइफ) मा एल्बममा समावेश गीत पुनको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित गायिका मेलिना राईलाई सिडी विजय अधिकारीले साथ दिएका छन् । भने सङ्गीत डिआर अटुले भरेका छन् । यसै गरी गीतकार पुनका अनुसार जीवनको भोगाइहरू अभिव्यक्तिको रुमा लेखिएको गीतको म्युजिक भिडियोमा कञ्चन थुलुङ राई र रोजिना राईले गरेका छन् । भने खगेन्द्र पान्दक लिम्बुको निर्देशन र सञ्जय निङलेखुको सहनिर्देशन रहेको छ । यस्तै भिडियोलाई विवि लिम्बु, खग्रेन्द्र्र पान्दुक लिम्बु, पर्शु लिम्बु, सञ्जय लिम्बुले छायाङ्कन गरेका छन् भने । कोरियोग्राफी अबिन वानेम लिम्बुले गरेका छन् ।

हाल अमेरिका बस्दै आएकी पुनको फागुनमा ‘प्रतिरुप’ एल्मबसँगै ‘बिहान बिहानै’ बोलको सार्वजनिक गरेकी थिइन । यस्तै उनको ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् भने फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका छन् । उनी नेपाल छँदा पुष्प व्यवसायीकी रूपमा परिचित थिइन् । उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

    Comment Here!


सम्बन्धित समाचार