बारम्बार गरिन्छ प्रहार दिल माथी…. गजल [ प्रकाश पौडेल ]


बारम्बार गरिन्छ प्रहार दिल माथी
नचलाउ अब तरबार दिल माथी ।

त्यो मदहोस जवानीको प्रभाव छोडेर
टुनामुना चलाईछे हजार दिल माथी ।

सहनुको पनि हद हुन्छ आखिर
अन्याय नगर दिलदार दिल माथी ।

एउटा प्रेमिले यस्तो आह्वान गर्यो  
प्रेमले गरिदिनु श्रृङ्गार दिल माथी ।

महफिलमा अब प्रकाशले यस्तो भन्छ
सिन्डिकेट लाइदे सरकार दिल माथी ।

गुलरिया ०४ बर्दिया

प्रतिक्रिया दिनुहोस्