अशोक दर्जीको गीतले मच्यायो तहल्का : लाइक र कमेन्टको वर्षा, म्यासेन्जरमा भाइरल

2018-05-10 13:04

काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेसँगै उज्जवल सांगीतिक यात्रा सुरु गरेका बाल गायक अशोक दर्जीले स्वर भरेको पहिलो गीत ‘मन बिनाको धन’ ले सामाजिक सञ्जालमा तहल्का मच्याएको छ । युवटुवमा त रेकर्ड नै ब्रेक गरेको छ । यूट्यूवमा अपलोड भएको एक दिन नबित्दै नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ । टंक बुढाथोकीद्वारा संगीतवद्ध यो गीत बुधबार दिउसो १ बजे अपलोड भएको थियो ।

त्यसयताको २० घन्टामा यो गीतलाई ८ लाखभन्दा बढि पटक हेरिएको छ । यसैगरी गीतमा ११ हजार पाँच सयभन्दा बढि कमेन्ट आएका छन् । अधिकांस कमेन्टहरु तारिफले भरिएका छन् । शब्द, संगीत र स्वर तीनै पक्षलाई मन पराइएको छ । साथै दुरदराजको प्रतिभालाई काठमाडौंसम्म ल्याएर सबैसामु पस्किएकोमा टंक बुढाथोकी र डिजे रुपकलाई पनि धन्ययवाद दिइएको छ । गीतले ७७ हजारभन्दा बढि लाइक बटुलिसकेको छ ।

    Comment Here!


सम्बन्धित समाचार