काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार भोलि नेपालको राजकीय भ्रमणमा पाल्दै छन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौ आउनेछन् पर्सि मुक्तिनाथ मन्दिर जाने कार्यक्रम रहेको हो । नेपाल भ्रमण आउनु अघि ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राख्ने प्रष्ट लेखेका छन् । उनले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’ नयाँ संविधान जारी भएपछि नेपाल लोकतन्त्रलाई अझ बलियो बनाउने र आर्थिक विकास हासिल गर्ने नयाँ चरणमा प्रवेश गरेको भन्दै मोदीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा भारत दृढ सहयोगी हुने बताए।

सम्बन्धित खबरहरु