मोदी आउँने अघिल्लो दिन बाँध भत्किँदा ३२ जनाको ज्यान गयो, कोशी बाँध बाँध्न कस्सिएकाले सिकुन्

2018-05-10 19:39

वैशाख । केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले ३२ जनाको ज्यान गएको र केही व्यक्ति हराइरहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो । बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् । हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाँउतिर गएकाले ठुलो क्षति भएको हो । बाढी पहिरोका कारण गत दुई महिनामा देशभर गरेर कुल १३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । –रासस

    Comment Here!


सम्बन्धित समाचार