जिन्दगी रहेछ नाटकका लागि….. गजल [प्रकाश पौडेल ]

2018-05-11 11:17

जिन्दगी रहेछ नाटकका लागि
बनियो पात्र व्यापकका लागि

गाँस बाँस कपास भेटिएन
सरकार यो बालकका लागि

तिम्रो यौवन फलाम भैइदियो
आखिर कति चुम्बकका लागि

संसदमा कस्तो योजना बनायौ

गाउँका गामिण सडकका लागि

कति गजल सुनाउछस् यार
सधैभरि प्रकाश पदकका लागि

आजको महफिल खास थियो
सफरका लागि चालकका लागि

गुलरिया ०४ बर्दिया

    Comment Here!


सम्बन्धित समाचार