जनकपुर भ्रमण : रणनीतिक रुपमा यसकारण मोदी भन्दा १० कदम ओली अगाडी


काठमाडौ । कुनै समय यस्तो थियो । मधेसवादी दलहरुले मधेसका जनतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेसको प्रधान शत्रु हुन् भनेर पाठ पठाएका थिए । गरिबीका कारण सञ्चार माध्यमको सहज पहुँच नभएकै कारण त्यहाँका धेरै जसो जनताले सभा सम्मेलनमा हुने भाषण भन्दा अरु तरिकाले राज्यका बारेमा बुझ्न पाएका थिएनन् । यही कारण मधेसका जनताले ओली नाम गरेका व्यक्ति मधेसी बिरोधी हुन् भन्ने धारणा जबरजस्त थोपरिएको थियो । यही कारण पहाड र हिमालमा एमालेले मत ओइरो लाग्दा मधेसबाटभने झिनो परिणाम हासिल गर्यो । मधेसको सान्त्वना मत बटुल्दै एमाले पहिलो पार्टी बन्यो र माओवादीसँगको सहकार्यमा सरकारको नेतृत्व गर्यो । अहिले उनै केपी शर्मा ओली यो देशको प्रधानमन्त्री छन् । धेरै भएकै छैन । आजभन्दा केही महिना अघि मात्र मधेसका नेताले केपी ओलीको मधेस झर्ने कुनै हैसियत छैन । भन्दै चर्को आन्दोलन गरेका थिए ।

प्रधानमन्त्री मोदीलाई जनकपुरमा अभिनन्दन नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुरमा नागरिक अभिनन्दनमा सहभागी हुनुहुँदै । तस्बिर : अजयकुमार साह, महेन्द्रनगर(धनुषा), रासस

तर ओली मधेसमा यसरी इन्ट्री भए की मधेसका जनताले मानौँ की ओली त यति धेरै सच्चा रहेछन् भन्ने एकै ठाँउबाट थाहा पाए । ओली आफै केही बोलेनन् । मधेसका नेताले जसरी भारतसँग हाम्रो सम्बन्ध छ भनेर जनतालाई पाठ पढाएका थिए । त्यसैगरी एकै झड्कामा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीकै मुखबाट ओली नै नेपालका लागि अति उपयुक्त पात्र हुन् भन्ने बोल्न लगाए । त्यहाँ मोदी हैन ओली राम्रा भन्ने जनतालाई भइरहेको थियो । यो सबै गर्नका लागि ओलीलाई केही महिनापनि लागेन । मधेसमा आफुलाई हेर्ने दृष्टिकोण अब कसरी एक झड्कामा परिवर्तन गरौँ भन्ने चिन्तामा थिए ओली । त्यसपछि ओलीले योजना बनाए । भारतलाई मधेसका जनताले नजिकबाट हेर्ने बनाइएको छ । भारतका प्रधानमन्त्रीपनि नेपालसँग जोडिएर आफ्नो राजनीतिमा थप मल हाल्न चाहान्थे । धार्मिक आस्थाका नेता भनेर छवी बनाएका मोदी नेपालको तिर्थयात्रामा आउन चाहेको ओलीलाई थाहा थियो । ओलीले सोचे अब मोदीलाई तिर्थयात्राको प्रबन्ध मिलाएर मोदीको भर्याङ्ग चढेर मधेसी जनतासँगको सम्बन्ध सुधार गर्छु भन्ने योजना बनाए । नभन्दै योजना सफल पनि भयो । मोदीको नाममा तिनै आन्दोन गर्ने मधेसी दलहरुलाई लाखौँ जनता एक ठाउँमा भेला पार्न उर्दी जारी गरे । ओलीको बिरुद्धमा झण्डा बोक्न लगाएका तिनै नेता कार्यकर्ता परिचालिनत भए । नभन्दै जनकपुरको रंगभूमीमा लाखौँ मधेसी जनता भेला भए । त्यहाँ मोदी हैन ओली हिरो भए । यो रणनीतिमा ओली मोदीभन्दा पक्कै १० कदम अघि छन् ।

प्रतिक्रिया दिनुहोस्