आईपीएलमा नेपालका सन्दिप लामिछाने अहिले लाईभमा देख्न सक्नुहुनेछ


काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नेपालका क्रिकेटर सन्दिप लामिछाने खेलिरहेका छन् । उनले बिराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध बिरुद्ध खेलेका हुन् । टस हारेर दिल्लीले ब्याटिङको निम्तो पाएको थियो । ४ वीकेटको क्षतिमा १ सय ८१ रन जोड्न सफल दिल्लीको तर्फबाट लामिछानेले ब्याट भने पक्रिन पाएनन् । तर अहिले फिल्डिङमा छन् । उनले सायद बलिङ गर्नेछन् ।


सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ । आज लामिछानेका बारेमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलेपनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्