आज युवा संघको २८औँ स्थापना दिवस ओली देखि सबै शीर्ष नेता राखेर गर्दै छ यस्तो भव्य कार्यक्रम


काठमाडौ । आज युवासंघ नेपालको २८औँ स्थापना दिवस हो । दिवसको अवशरमा संघका संस्थापक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमको तय भएको छ । उपाध्यक्ष प्रभात विक्रम कटवालद्धारा जारी पत्रमा निम्न मिति ,समय र स्थानमा हुने कार्यक्रमका लागि सञ्चारगृहबाट समाचारदाता, क्यामेरामेन, फोटोपत्रकार, पठाई समाचार प्रकाशन तथा प्रसारण गरि सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ । कार्यक्रममा प्रमुख वक्ताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, अतिथि वक्ताहरु पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता (नेकपा एमाले) झलनाथ झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल रहेका छन् । कार्यक्रमको मिति २०७५ जेठ १ गते, समय– दिउसो १ वजे, स्थान– राष्टि«य सभागृह, काठमाडौ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्