काठमाडा । सुजुकी बाइक नेपालमा अत्यन्त रुचाइएको, विश्वसनीय एवं अत्याधिक बिक्रीहुने बाइकहरु मध्येको एक हो । यो बाइकको निर्माता कम्पनी सुजुकी मोटरसाइकल इण्डियाको नेपालको लागिआधिकारिक आयातकर्ता एवं वितरक तथा देशको एक प्रमुख व्यापारिक घराना–विशाल समुहको एक हिस्सा भिजि अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । यसको लागिभिजि सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए ।

भिजि सुजुकीले ५० जना निडर एवं साहसी बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा उपलब्ध गराइएको सुजुकी इन्ट्रडरको साथमा धावनमार्गको जस्तो अनुभव दिलाउन र आनन्दको महसुस गर्न एक अवसर प्रदान गरेको थियो । बाइक चालकहरुले यो यात्राको मज्जा यही बैशाख २८ र २९ गते २ दिन संगालेका थिए । यात्राको लागि तय गरिएको रुट बमोजिम टेकूबाट यात्रा शुरु भई थापाथली, माइतीघर, नयाँबानेश्वर, सूर्य्विनायक, जगाती, साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाटको बाटो भएर सुकुटेमा अवस्थित रिभर बे ¥याफ्टिङ एण्ड रिसोर्टमापुगेर टुङ्गिएको थियो । सबै भोलिपल्ट त्यही रुटहुँदै काठमाडौं फर्किएका थिए ।२ दिनको यस कार्यक्रममा बाइक चालकहरुले पौडी प्रतियोगीता, घैंटो फुटाउने (आँखामा पट्टि लगाएर) खेलिने खेलमा भागलिएका थिए । उनीहरुले लोकप्रिय ब्याण्ड विनय र साथीहरुको साँगीतीक प्रस्तुतिको समेत मज्जा लिएका थिए ।

सबै चालकहरुलाई नेपालको अत्यन्त भिरालो नदी र डरलाग्दो बेग भएको भोटेकोशी ¥याफ्टिङमा ¥याफ्ट गर्ने अवसर प्रदान गरिएको थियो । भोटेकोशी नदी ट्रिप छोटो समयको ह्वाइटवाटर जलयात्रागर्न चाहनेहरुकालागि एक उपयुक्त ट्रिप बनेको थियो । भिजि सुजुकीले प्रतियोगीतामा विजयी हुनेहरुलाई विभिन्न पुरस्कारहरु पनि प्रदान गरेको थियो । सबै बाइकचालकहरु मध्येबाट सबैभन्दा अनुशासित बाइक चालकको पुरस्कार नितिन रेग्मीलाई प्रदान गरिएको थियो ।

सुजुकी इन्ट्रडर–यात्रा सुकुटेको बारेमा कुरा गर्दै भिजि सुजुकीका बजार प्रबन्धक श्री नवराज कोइरालाले भन्नुभयो ” साहसी एवं निडर ५०जना सुजुकी इन्ट्रडर चालकहरुलाई सुकुटेसम्म यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि सुकुटेसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो । सुजुकी इन्ट्रडर–यात्रा सुकुटेले रोमाञ्चकताः नदेखिएका र चर्चामा नआएका नेपालका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिएको छ । हामीलाई विश्वास छ कि इन्ट्रडर बाइकका चालकहरु सँधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहेका हुन्छन्, इन्ट्रडर–बाइकको एक त्यस्तो परिभाषा हो जसले जुनै खाले भूमिलाई आफ्नो अधिनमा राख्दछ । चाहे त्यो धावनमार्ग जस्तो होस् या उबडखाबड, या हिलाम्ये अथवा अरु कुनै अस्थिर रुट होस् । यसले बाइक चालकहरुलाई परिकल्पनाभन्दा टाढा पुग्ने अवसरहरु प्रदानगर्दछ । ”

सम्बन्धित खबरहरु