ईटहरी बन्ने भयो प्रदेश १ को राजधानी, अर्बौ लगानी स्वाहा


ईटहरी । प्रदेश १ को अस्थायी राजधानी बिराटनगर तोकिएको केही महिनापछि फेरी स्थायी राजधानी चाँहि सुनसरीको ईटहरीमा राख्ने कुराले चर्चा पाएको छ । प्रदेश १ को राजधानीका लागी सुनसरीको ईटहरी, धरान, मोरङको बिराटनगर धनकुटामा राजधानीको माग गर्दै त्याँहा स्थानीयले लामो समय आन्दोलन समेत गरे । देशमा तीनै तहको निर्बाचन सम्पन्न भएपछि यतिबेला देश संघियताको प्रयास गरिरहेको छ । देशका ७ प्रदेशमध्ये एक वटा प्रदेशको नामाकरण समेत भईसकेको छ भने ६ वटा प्रदेशको नामाकरण र राजधानीको बिषयमा टुंगो लागेको छैन । सबैभन्दा बढी प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको बिषयमा बिवाद कायमै रहेका बेला प्रदेश १ को स्थायी राजधानी ईटहरी सार्ने बिषयले चर्चा पाएको छ ।

प्रदेश १ को राजधानी ईटहरी
प्रदेशको राजधानी माग गर्दै लामो समय आन्दोलन र प्रधानमन्त्री सहित बामगठबन्धनका नेता सहितलाई भेटेर सुनसरीको ईटहरीलाई राजधानीको माग गरेका ईटहरीबासीले अब राजधानीबासी हुने सुनौलो अबसर प्राप्त गर्ने भएका छन । अस्थायी राजधानीलाई नै स्थायी बनाउने सरकारको तयारी भएपनि पछिल्लो समय त्यो सम्भव नदेखिएपछि अब ईटहरीलाई राजधानी बनाउने तयारी थालिएको स्रोतको दाबी रहेको छ । एक नम्वर प्रदेशको राजधानी विराटनगरवाट इटहरी सार्ने तयारी शुरु भएको छ भने धनकुटा र विराटनगरमा भने मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने योजना सहित काम अघि बढेको स्रोत बताउँछ । शुक्रबार मुख्यमन्त्री सहितले गोप्य रुपमा ईटहरीमा निर्माण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नबनिर्मित भवनको अबलोकन समेत गरेका छन । मुख्यमन्त्रीको कार्यलय निर्माणका लागी सो भवनको गोप्य रुपमा अनुगमन भएको स्रोत बताउँछ ।

करोडौ लगानी स्वाहा
प्रदेशको राजधानीका लागी आबश्यक मन्त्रालयहरु निर्माणका लागी बिराटनगरमा भएका बिभिन्न सरकारी कार्यलयहरु लाई करोडौ रकम खचर्च गरि सिंगारियो । मर्मतमा मात्र २ करोड बढी खर्च भएको देखिन्छ । तर प्रदेशको राजधानी नै ईटहरी सर्ने भएपछि करोडौको लगानी स्वाहा हुने अबस्था देखिएको छ । मर्मत सम्भारमा मात्र करोडौ रकम खर्च भईसकेको छ । अब नयाँ मन्त्रालयहरु निर्माण गर्दा खर्च झन बढने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्