काठमाडौं र गृह मन्त्रालयको छानबिन अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ भारत हुँदै तेस्रो मुलुक पुग्न सक्ने अनुमान गरिएको छ ।सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलगुडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीले गरेका हुन् । तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिलाई बयान दिने क्रममा उप्रेतीसँग संलग्न रहेकाहरूले बताएका छन् ।उनको खोजीका लागि प्रहरीले इन्टरपोललाई जानकारी गराइसकेको छ । ३४ जना फरार अभियुक्तको खोजीका लागि प्रहरीका फरकफरक टोली खटाइएका छन् ।

सुन ‘डन’ मानिने उप्रेतीसँग उनकी पत्नी निरू खरेल उप्रेतीले डिभोर्स दिने बताएको घटनाको विवरणमा उल्लेख गरिएको छ । मृतक सनमकी पत्नी सुनिल शाक्यले सनमको हत्या हुनुअघि भएका घटनाक्रमको विवरण बताउने क्रममा यस्तो खुलासा गरेकी हुन् । उनले गृहको छानबिन समितिलाई दिएको विवरणमा भनेकी छन्, ‘सनमलाई प्रहरीले पक्राउ गरेछ, गोरे दाइ कहाँ छन् भनी निरुसँग सोधें, उनको मोबाइल नम्बर माग्दा गोरेसँग सम्पर्क नभएको धेरै भइसक्यो, म त अब गोरे आउनेबितिक्कै डिभोर्स गर्छु बरू तिमीसँग सम्पर्क भयो भने मलाई गोरेको नम्बर देऊ भनी फोन राखिन् ।’

गोरेकी पत्नीको त्यस्तो उत्तर आएपछि आफन्तलाई बोलाएर पतिबारे बुझ्दा उनको हत्या भइसकेको थियो । उनका अनुसार सनम र उप्रेतीको संगत २०७२ सालदेखि भएको थियो । त्यसबेला सनमले प्रायः महिनाको ३० हजार रुपैयाँ घर पठाउने गरेको सुनिलले जनाएकी छन् । सनमले उप्रेतीसँग २०७४ को पुसदेखि नै संगत छाडेको पनि विवरणमा उल्लेख छ ।

सम्बन्धित खबरहरु