फेरी अर्को दुखद खबर, सुर्खेतबाट हुम्ला उडेको मकालु एयरको विमान सम्पर्कविहीन

2018-05-16 08:50

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको कार्गो जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने भएपनि अझै सम्पर्कमा आएको छैन । जहाजको खोजिका लागि सिमिकोटमै रहेको माउन्टेन एयरको हेलिकप्टर उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार जहाजमा दुर्इ जना पाइलट मात्र रहेका थिए । सुर्खेत, सिमिकोट र इनरुट सबै स्थानको मौसम सफा नै रहेको ठाकुरले बताए ।

    Comment Here!


सम्बन्धित समाचार