सम्पर्कविहीन मकालु एयरको विमान बाजुरामा यस्तो अवस्थामा भेटियो

2018-05-16 08:58

काठमाडौं । बिहानै सम्पर्कविहीन भएको मकालु एयरको विमान बाजुरामा भेटिएको खबर आएको छ । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । विमानमा कार्गो सामान र चालक दलका दुई सदस्य मात्रै थिए ।

‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले बताए । ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’ सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।

    Comment Here!


सम्बन्धित समाचार