मोआवादीसँग पार्टी एकताको निर्णय दिन एमालेले बोलायो केन्द्रीय कमिटीको आकस्मिक बैठक

2018-05-16 19:46

काठमाडौ । बिहीबार बिहान नेकपा एमाले केन्द्रीय कमिटी आकस्मिक बैठक बस्ने भएको छ। कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जानकारी गराएका छन्। एमाले र माओवादीबीच पार्टी एकताको विषय पेचिलो बन्दै गर्दा बस्न लागेको केन्द्रीय कमिटीको बैठकलाई महत्वका साथ हेरिएको छ। बैठकको कार्यसूची समेत पार्टी एकता नै रहेको सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    Comment Here!


सम्बन्धित समाचार