देखिए नसोचेका दृष्य, आज मदन–आश्रित स्मृति दिवसका कार्यक्रममा माओवादी–एमाले एकसाथ


काठमाडौं । कसैले सोचेको थिएन की यति सजिलै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुन्छ । तर आजै यी दुई पार्टी एकता हुँदैछ । यतिमात्र हैन । आज पार्टी एकताको घोषणा गरेका यी दुई पार्टीबीच बिहानैदेखि नसोचेका दृष्यहरु देखिन थालेका छन् । आज मदन–आश्रित स्मृति दिवस यो जहिलै नेकपा एमाले र उसका भ्रातृ संगठनहरुले मनाउँदै आएका थिए । तर मदन–आश्रित स्मृति दिवसमा यसपटक फरक दृष्य देखिने छ । किनकी यसपालिको २५ औं स्मृति दिवसमा आयोजना हुने औपचारिक कार्यक्रममा माओवादी केन्द्र पनि सहभागी हुने छ ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको सम्झनामा एमालेले पुरानो पार्टी कार्यालय बल्खु, चितवनको दासढुंगालगायतका स्थानमा बिभिन्न कार्यक्रम आयोजना गर्दैछ । बल्खुको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसमेत सहभागी हुनेछन् । दुई दलबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला एमाले र माओवादीले सँगै मदन आश्रित स्मृति दिवस मनाउन लागेको यो पहिलोपटक हो । बिभिन्न छानबिन समितिले समेत दासढुंगा काण्डको तथ्य बाहिर ल्याउन सकेको छैन । चालक अमर लामाको समेत काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड झन् रहस्यमय बनेको छ । अमर लामाको २०६० साउनमा कीर्तिपुरमा हत्या भएको थियो । हत्यामा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुको संलग्नता रहेको भनेर एमाले नेताहरुले आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्