काठमाडौं । दुनियाँकै मन जितेको ह्विलपुल कर्पोरेशनका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा आएका छन् । काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डले घरायसी सामानहरु नेपाली बजारमा ल्याएको हो । काठमाडौमा आयोजित एक भव्य कार्यक्रमकाबीच ह्विलपुल कार्पोरेशन र ट्रेडलिङ्कबीच सहकार्यको घोषणा गरियो । योसँगै अब केरोनाले सहज रुपमा नेपाली बजारमा उक्त ब्राण्डका सामानहरु पुर्याउनेछ । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र ह्विलपुल कार्पोरेशन एसियाका बरिष्ठ निर्देशक इन्द्रनिल सिन्हाले ह्विलपुल थ्रि डि इन्भर्टर, एयर कन्डिसन सार्वजनिक गरेका छन् । यससँगै इन्भटर, एसि, डिप फ्रिज, रेफ्रीजेर, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामानहरु सस्तो र गुणस्तरीय रहेको ट्रेडलिङ्कका सिइओ प्रनिल थापाले बताए ।

ग्राहकले खोजेको बेला सहज रुपमा उपलब्ध गराउनसक्ने जनशक्ति र व्यवस्थापन तयार गरेर ह्विलपुल कार्पोरेशनसँग सहकार्यको सम्झौता गरेको व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन् । उनले भनिन् हामी ग्राहकको सन्तुष्टि र खुशीलाई कहिलै ठेस लाग्न दिने छैनौँ । भनेको समयमा खोजेको ब्राण्ड उपलब्ध गराउनेदेखि रोजको सामान सहज र सुरक्षित तरिकाले घरमै पुर्याईदिने व्यवस्था गर्दछौ उनले भनिन् । ह्विलपुलका सामान नेपाली प्रयोगकर्ताहरुकोपनि पहिलो रोजाई हो । तर आधिकारीक बिक्रेता नहुँदा खोजेको र रोजेका जीवन उपयोगी सामानहरु प्रयोग गर्न नेपाली प्रयोगकर्ताले पाएका थिएनन् । तर अब केरोना ट्रेडलिङ्कले नेपाली प्रयोगकर्ताको रोजाई पुरा गरिदिने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायी र पत्रकारहरुको पनि उपस्थिति थियो।

सम्बन्धित खबरहरु