आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा जम्मा हुन केपी ओलीले गरे सबैलाई अपिल

2018-05-17 10:30

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा जम्मा हुन सबै नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन । २५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकतामा सबैले खुसी मनाउनुपर्ने बताउँदै दिउँसो ३ बजे नै राष्ट्रियसभा गृहमा उपस्थित हुन अपिल गरे ।

    Comment Here!


सम्बन्धित समाचार