ओली र प्रचण्डको निवेदनमा दर्ता भयो नेपाल कम्युनिष्ट पार्टी

2018-05-17 18:41

काठमाडौं । पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरुको निवेदनमा पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोग पुगेका थिए । दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् । तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ । उक्त नामा आयोगमा दर्ता भएको छ ।

 

    Comment Here!


सम्बन्धित समाचार